वित्तीय तथ्याङ्कबारे गोष्ठी
नेपाल राष्ट्र बैंकले संकलन गर्ने आर्थिक तथा वित्तीय तथ्याङ्कको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय सिद्धार्थनगरले गोष्ठी गरेको हो ।
नेपाल राष्ट्र बैंकले संकलन गर्ने आर्थिक तथा वित्तीय तथ्याङ्कको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय सिद्धार्थनगरले गोष्ठी गरेको हो ।
बैंकिङ कसुरमा अदालतबाट दोषी ठहरिई फरार रहेका प्रमोदकुमार खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सिआइबीले उच्च अदालत पाटनबाट दोषी ठहर भई एक महिना कैद र २३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका खड्कालाई सुकेधाराबाट पक्राउ गरेको हो ।
अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई प्रदान गर्ने विभिन्न सेवासुविधामा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
काठमाडौं जिल्ला अदालतले हिमालयन बैंकले नेपाल हाइड्रो एन्ड इलेक्ट्रिकलाई बैंक ग्यारेन्टीबापतको जम्मा ५९ लाख ७४ हजार रुपैयाँ दिनुपर्ने फैसला गरेको छ।
नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ।
मेगा बैंक नेपाल र प्राइम लाइफ इन्स्योरेन्सबीच बिमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंक र हस्पिटल फर एडभान्स्ड एन्ड मेडिसिन सर्जरी (ह्याम्स) बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दाबी गरेका छन्।
सिद्घार्थ बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा शाखा विस्तार गरेको छ ।सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि बिमा पनि’ बचत योजना सुरु गरेको छ।यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप तीनवटा नयाँ बचत खाता छन्।
प्राइम बैंकको सञ्चालक समिति अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चुनिएका छन् ।
नेपालले स्वास्थ्य र शिक्षामा लगानी बढाए दुई अंकको आर्थिक वृद्धि हासिल गर्न सक्ने दातृ निकाय विश्व बैंकले जनाएको छ। विश्व बैंकले राजधानीमा बिहीबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्ण मात्रामा सुधार ल्याउन सके आर्थिक क्षेत्रमा फड्को मार्ने जनाएको हो। ‘नेपालसँग आर्थिक वृद्धिदर दोहोरो अंकले बढाउन सक्ने सामथ्र्य छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो पूरा गर्न सम्पूर्ण जनतामा पूर्ण शिक्षा र स्वास्थ्यको व्यवस्था हुन जरुरी देखिन्छ।’ विश्व बैंकले उत्पादकत्व र श्रम क्षेत्रलाई प्रतिस्पर्धात्मक गराएर नेपाल मध्यम आय राष्ट्रको स्तरमा उक्लिन सक्ने औंल्याएको छ।