६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मेगा बैंक र प्राइम लाइफबीच सम्झौता

काठमाडौं – मेगा बैंक नेपाल र प्राइम लाइफ इन्स्योरेन्सबीच बिमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।

बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

सहमति अनुसार बैंकका ग्राहकले इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमासम्बन्धी सेवा तथा सुविधा मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन्।
बैंकले एक सय दुई शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
 

प्रकाशित: ३० जेष्ठ २०७६ ०३:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App