४ मंसिर २०८१ मंगलबार
image/svg+xml

नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्छः विश्व बैंक

विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। विश्व बैंकले बिहीबार काठमाडौंमा सार्वजनिक गरेको नेपालको आर्थिक अवस्थासहितको प्रतिवेदनमा चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको हो।

जोखिममा बैंक

जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पर्शुराम कुँवर क्षेत्रीसँग करिब ३३ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ। उनले सन् १९८६ जुनमा अहिलेको स्ट्यान्डर्ड चार्टर्ड त्यसबेलाको ग्रिनलेज बैंकमा प्रवेश गरी बैंकिङ क्यारियर सुरु गरेका हुन्।

ज्योति बैंकको शाखा र एटिएम विस्तार

ज्योति विकास बैंकले कास्कीको तालचोक र लेकसाइडमा शाखा विस्तार गरेको छ। बैंकले कास्कीको तालचोक र लेकसाइड, महेन्द्रनगर, धरान, चापागाउँ, गोंगबु र महाराजगन्जमा एटिएम सेवा सञ्चालन गरेको हो।

विदेशिएका युवाले रेमिट्यान्स बैंकमार्फत पठाउनुपर्ने

वैदेशिक रोजगारीमा रहेका युवाले बैंकिङ च्यानलमार्फत स्वदेशमा रकम पठाउनु पर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाले बुधबार संघीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को बजेटमा वैदेशिक रोजगारीमा रहेका युवाले बैंकमार्फत रेमिट्यान्स पठाउने व्यवस्था मिलाइने घोषणा गरे।

श्रीलंकामा शंकास्पद बैंक खातामा अवैध रकम

श्रीलंकामा पाँच जना शंकास्पद आतंककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।

धरानमा गोली प्रहार, लघुवित्तको पैसा लुटियो

धरानस्थित जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडको चार लाख भन्दा रकम लुटिएको छ। धरान ५ साउनेबाट लघुवित्तका कर्मचारीमाथि शम्भु गच्छदारमाथि गोली प्रहार गरी रकम लुटिएको प्रहरीले जनाएको छ। रकम लुटिएको स्थान धरानबजारदेखि पूर्वतर्फ रहेकाे छ।

बैंककमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो

करोडौँ ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा एसपी सुदिप गिरीले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई बैंककमा पक्राउ गरी नेपाल ल्याएइको पुष्टि गरे।

आठ अर्बको विकास ऋणपत्र बिक्री हुँदै

नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले आज एक सूचना प्रकाशित गरी यही जेठ १२ गते आइतबार ‘विकास ऋणपत्र २०९०’ बिक्री गर्न लागेको हो।

अझैं पुगेन २८ स्थानीय तहमा बैंक

देशभर कूल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा कूल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन्।

सन्इज बैंकको शाखा विस्तार

सन्राइज बैंकले भक्तपुरको गठ्ठाघर, चारदोबाटोमा नयाँ शाखा खोलेको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैंक सञ्चालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत श्रीमती आशा राणा अधिकारीले उक्त शाखा उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

ज्येष्ठ नागरिकलाई मुक्तिनाथको कुर्सी

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोेखरा रामबजारस्थित ‘रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्र’लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ।

नबिल–लुम्बिनी जनरल बैंकासुरेन्स सम्झौता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र नबिल बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठ र नबिल बैंकका रिटेल बिजनेस प्रमुख निरज शर्माले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्