४ मंसिर २०८१ मंगलबार
image/svg+xml

हिमालयन बैंक अव जनकपुरमा

हिमालयन बैंकले जनकपुरधामको स्टेसनरोडमा ५८औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले गरेको बैंकले जनाएको छ ।

सिटिजन्स म्युचुअल फन्ड–२ आउँदै

सिटिजन्स बैंकले आज (बिहीबार) बाट सिटिजन्स म्युचुअल फन्ड–२ निष्कासन गर्ने भएको छ। प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्य रहेको म्युचअल फन्ड योजनाको आकार एक अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ।

युवालाई उद्यमी बनाउन २ वर्षका लागि दुई लाख

गाउँको पाखा, पखेरो, घरखेत राखेर ऋण दिने बैङ्क भेट्नै मुस्किल। भेटियो भने पनि कालोपत्रे सडक, नभएपनि कच्ची हुनुपर्ने।

एटिएम मेसिनमा नेपाली भाषा राख्न निर्देशन

तपाईंलाई आवश्यक पर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको प्रयोग गर्नुहुन्छ वा चेकमार्फत गर्ने गर्नुभएको छ ? साक्षर व्यक्तिले सहजै रुपमा एटिएम मेसिनमा कार्ड राखेर सहजै पैसा निकाल्न सक्ला। निरक्षर, कम अध्ययन भएका वा अंग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या हुने गरेको छ।

एनआइसी ऋणपत्र आउँदै

ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सानिमा क्यापिटलका समकक्षी मनिषनारायण जोशीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

एनएमबि र ओम डेभलपमेन्ट बैंक गाभिने

मर्जरपछि बैंकको नाम एनएमबि रहने छ भने शाखा संख्या एक सय ६३ पुग्नेछ। एटिएम संख्या एक सय २० पुग्ने विज्ञप्तिमा उल्लेख छ। मर्जरपछि बैंकको कुल पुँजी तथा जगेडा कोष बढेर २० अर्ब ४२ करोड पुग्नेछ भने निक्षेप एक खर्ब १९ अर्ब र कर्जा एक खर्ब १३ अर्ब हुनेछ।

कामना सेवा रेमिट सुरु

कामना सेवा विकास बैंकले आफ्नै कामना सेवा रेमिट सुरु गरेको छ। बैंकका अध्यक्ष सुदिप आचार्य, सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

वीरगन्जमा गरिमा विकास बैंक

गरिमा विकास बैंक लिमिटेडले बुधबार वीरगन्जमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका थिए।

सिटिजन्स र भाटभटेनी मनी ट्रान्सफर सम्झौता

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ।

बैंकहरूको नाफा पौने ४६ अर्ब (सूचीसहित)

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८ वटा वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन्। ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको यो अवधिमा गरेको नाफा यसै आवको दोस्रो त्रैमास (कात्तिकदेखि पुससम्म) भन्दा ४८.१८ प्रतिशतले बढी हो।

देवानगन्जमा नेपाल इन्भेस्टमेन्ट बैंक

नेपाल इन्भेस्टमेन्ट बैंकले सुनसरीको देवानगन्ज गाँउपालिकामा ८०औं शाखा विस्तार गरेको छ। देवानगन्ज गाँउपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ। उक्त शाखाले करिब ५० हजार स्थानीयलाई वित्तीय सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

एभरेस्ट बैंकको होम लोनमा न्यूनतम सरल मासिक किस्ता

एभरेस्ट बैंकले मध्यम तथा निम्नवर्गीय परिवारलाई लक्ष्य गरी होम लोन स्किम सार्वजनिक गरेको छ। बैंकले घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि ‘अब भाडा होइन आफ्नो घरको किस्ता बुझाऊँ’ नारासहित न्यूनतम सरल मासिक किस्ता नौ हजार पाँच सय ९९ को होम लोन ल्याएको हो।

राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका निरौला को हुन् ?

बैंक अफ काठमाण्डू र एनसीसी बैंकलाई राष्ट्र बैंकले नियन्त्रणमा लिएको बेला निरौलालाई यी बैंकको अध्यक्ष बनाएर पठाएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्