काठमाडौं – सिद्घार्थ बैंकले सिन्धुलीको गोलन्जोर र जुम्लामा शाखा विस्तार गरेको छ ।सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल एक सय ५६ शाखा, एक सय शाखारहित बैंकिङ सेवा, एक सय ६९ एटिएम तथा एक हजार तीन सयभन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिँदै आएको बैंकले बताएको छ ।
प्रकाशित: २८ जेष्ठ २०७६ ०४:२६ मंगलबार