वित्तीय संस्थाको धेरै कर्जा थोक तथा खुद्रा बिक्रेतामा
थोक तथा खुद्रा विक्रेतामा लगानी बढ्नु भनेको स्वदेशमा उपभोग्य वस्तुको खपत बढ्नु हो। केही वर्षदेखि दैनिक गुजारा चलाउनका लागि खाद्य पदार्थसमेत भारत लगायत छिमेकी मुलुकबाट आयात हुने गरेको छ।
थोक तथा खुद्रा विक्रेतामा लगानी बढ्नु भनेको स्वदेशमा उपभोग्य वस्तुको खपत बढ्नु हो। केही वर्षदेखि दैनिक गुजारा चलाउनका लागि खाद्य पदार्थसमेत भारत लगायत छिमेकी मुलुकबाट आयात हुने गरेको छ।
अर्थतन्त्रका परिसूचकमा यो वर्ष देखिन सुरु गरेका समस्यालाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्छ। अहिलेको कुल व्यापार घाटा कम गर्न निर्यात बढाएर मात्र सम्भव छैन। सरकारले आयात प्रतिस्थापन रणनीति बनाए सफल हुन सकिन्छ।
कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सव अवसरमा महिला हिंसा न्यूनीकरण तथा प्रतिकार गर्न महिलालाई आत्मरक्षा प्रशिक्षण दिएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।
चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई रु ७५ अर्ब ९६ करोड कायम भएको छ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो।
सिटिजन्स बैंक इन्टरनेसनल र तनहुँस्थित बन्दीपुर माउन्टेन रिसोर्टबिच छुटसम्बन्धी सम्झौता भएको छ।
विकास बैंकले रुकुमपूर्वमा नयाँ शाखा उद्घाटन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त शाखा उद्घाटन गरेका हुन्।
वित्तीय संस्थामा तरलता अभाव हुन लागेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरूले २६ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको तथ्यांक सार्वजनिक भएको छ।
मुलुकको आर्थिक विकासका लागि पुँजीगत रकमको खर्च र प्रत्यक्ष वैदेशिक लगानी वृद्धि गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।
कृषि विकास बैंकले नेपालगञ्जको पिपरीमा नयाँ शाखा सञ्चालन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सो शाखाको उद्घाटन गरेका हुन्।
सिद्धार्थ बैंकले कमलादी, काठमाडौंस्थित जोन्ता क्लबलाई ४ लाख ९७ हजार २ सय रूपैयाँ आर्थिक सहयोग गरेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले वीरगन्जस्थित लिंकरोडमा शाखा स्थापना गरेको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने बैंकको विश्वास छ।
सानिमा बैंकले ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकलाई थप सहयोग गर्न आग्रह गरेका छन्।