कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सव अवसरमा महिला हिंसा न्यूनीकरण तथा प्रतिकार गर्न महिलालाई आत्मरक्षा प्रशिक्षण दिएको छ।
महिलालाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराई मनोबल उच्च बनाउने उद्देश्यले प्रशिक्षण दिएको बैंकले जनाएको छ। सुदूरपश्चिम र वाग्मती प्रदेशमा प्रशिक्षण सम्पन्न भइसकेको बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ८ आश्विन २०७८ ०३:०५ शुक्रबार