४ मंसिर २०८१ मंगलबार
image/svg+xml

पर्यटकलाई आकर्षित गर्दै चिया बगान

पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ।  क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो। पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउँछन्।

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण सोधिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जिल्ला शिक्षा कार्यालयमार्फत सबै तहका गरी असी शिक्षकलाई स्पष्टीकरण सोधेको हो । गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटाएको ठाउँमा नगएका शिक्षकलाई कार्यालयले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकोमा छ जना कर्मचारीले नियुक्ति र पारिश्रमिक समेत बुझेर पनि सम्बन्धित ठाउँमा नगएको देखिएको छ ।

माछा मार्न गएका बालकलाई खोलाले बगायो

–म्याग्दी खोलामा माछा मार्न गएका एक बालक खोलाले बगाएको छ । गत शनिबार मंगला गाउँपालिका–२ तल्लो दुखुका १२ वर्षीया सिमन पुन बेनपा–४ तातोपानीको फाँपरखेत पहिरो नजिक माछा मार्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन् । स्थानीयबासीका अनुसार सरस्वती मावि तातोपानीमा कक्षा ५ मा अध्ययरत पुनसँग खोलाले बगाएपनि अर्का बालक पौडी खेलेर बाहिर आएको थिए ।

दुई लाख ज्येष्ठ नागरिकलाई परिपचपत्र वितरण

सरकारले विगत दुई वर्षमा दुई लाख ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ।  विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या करिब २२ लाख रहेको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, ज्येष्ठ नागरिक संरक्षण महाशाखाका अनुसार प्रत्येक जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालयबाट ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई विगत दुई वर्षदेखि परिचयपत्र वितरण गरिँदै आइएको छ।

तीन अमेरिकी वैज्ञानिकलाई चिकित्सा शास्त्रको नोबेल पुरस्कार

सन् २०१७ का लागि चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले जनाएको छ ।

‘मेरो गोप्य कुरा जो दर्शकलाई थाहा छैन...’

‘मेरी बास्सै’मा ‘माग्ने बुडो’को चरित्र निर्वाह गरेर दर्शका प्रिय बनेका हाँस्य अभिनेता हुन्, केदार घिमिरे । उनले अभिनय गरेको ‘छक्का पञ्जा–२’ प्रदर्शनको तयारीमा छ ।

एक सय १७ सैनिकलाई पक्राउ आदेश

टर्कीको एक अदालतले एक सय १७ जना सैनिक अधिकारीलाईपक्राउ गर्न आदेश जारी गरेको छ । गत वर्ष भएको असफल ‘कू’ मा सम्बन्धित रहेको आरोपमा ती ११७ जना सैनिक अधिकारीलाई सो पक्राउ आदेश जारी गरिएको बताइएको छ । टर्कीको ४५ वटा प्रान्तमा एकसाथ जारी गरेको कारबाहीका क्रममा सो वारेन्ट जारी गरिएको टर्की प्रहरीले जानकारी दिएको छ ।

उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयमा तानियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई मंगलबारदेखि लागू हुने गरी मन्त्रालयमा तानेका छन् । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम भने मंगलबार आकस्मिक बिदा लिएर बसेका छन् । उनी बिदा बसेकै दिन मंगलबार कार्यालय खुल्नासाथ मन्त्री देवले प्राधिकरणमा पत्र पठाई गौतमलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका हुन् । महानिर्देशक गौतमले सोमबार पर्यटनमन्त्री देवलाई चौबीसघन्टे स्पष्टीकरणपत्रको चार पृष्ठ लामो जबाफ बुझाएका थिए । त्यसलगत्तै प्राधिकरणमा आफूपछिका सबैभन्दा वरिष्ठ अधिकारी उपमहानिर्देशक राजन पोखरेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएर गौतम मंगलबार बिदा बसेका थिए ।

मलद्वार नभएका बालकलाई आमाबुबाले छाडेपछि ...

मलद्वार नभएका कञ्चनपुरको महाकाली नगरपालिका–२ नयाँ टोलका १० महिने बालक नरेन्द्र सुनारलाई ओछ्यानमै छोडी आमाबुबाले नयाँ जीवन साथीका साथ भागेपछि उनको विजोग भएको छ।

बेलको आलोचकलाई चुप लगाउने गोल

आलोचकलाई चुप लगाउने गरी गारेथ बेलले एकल प्रयासमा उत्कृष्ट गोल गरेको दिन रियाल मड्रिडले आइतबार रियाल सोसिडाडलाई ३–१ ले हराएको छ।बोर्जा मायोरलले क्लबका लागि गरेको पहिलो गोलमा रियालले अग्रता लिएको थियो । सोसिडाडका केभिन रोडरिग्वेजले रियालका साथै आफ्नै पोस्टमा पनि गोल गरेपछि पहिलो हाफमा जिनेदिन जिदानको टोलीले २–१ को अग्रता लियो।

'छक्का पञ्जा २' फूलपातीदेखि, कलाकार टोली देश दौडाहामा

बहुप्रतिक्षित नेपाली फिल्म छक्का पञ्जा २ को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिट प्रचारप्रसारमा लागेका छन्। प्रचारलाई मोफसलमा राम्रोसँग गर्न सके फिल्मले उच्च सफलता हासिल गर्नेमा टोली बिश्वस्त देखिन्छ।

नेपालको विद्युत र सडकलाई अमेरिकाको ५० अर्ब सहयोग

अमेरिकाले नेपाललाई ५० अर्ब रुपैयाँ (५०० मिलियन डलर) अनुदान सहयोग गर्ने भएको छ। अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कोपअरेसन (एमसीसी) बाट सो रकम नेपालले विद्युत र सडक विस्तार लागि पाउने भएको हो। अमेरिकाले गरिब मुलुकहरुलाई सहयोग गर्न स्थापना गरेको एमसीसीको बोर्ड अफ डाइरेक्टरको अगटस्ट महिनामा बसेको बैठकले सो रकम प्रस्ताव स्वीकृत गरेको थियो। अमेरिकी संसदले सहयोग रकम अनुमोदन गरेपछि दुवै देशका सरकारबीच यही सेप्टेम्बर महिनामा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ।

‘रानी’ मा नयाँ कलाकारको डेब्यु

बलिउड अभिनेत्री कंगना रनावतले बलिउड भाइ भतिजाले भरिएको टिप्पणी गरेपछि ‘नातावाद’ बलिउडमा चर्चाको विषय बनेको छ । नेपालमा पनि अघिल्लो पुस्ताका फिल्मकर्मी भुवन केसी, शोभित बस्नेत, नारायण पुरीका सन्तानले उद्योगमा दह्रोसँग खुट्टा टेकेका छन् ।

यी हुन् बलिउडका १० महंगा कलाकार

फोब्र्स म्यागजिनले विश्वका महँगा कलाकारहरूको नामवली प्रकाशन गरेलगतै बलिउडका महँगा कलाकारहरूको नाम प्रकाशन गरेको छ।

सिस्नुपानीका कलाकारहरुले बाँडे बाढी पीडितलाई राहत

सिस्नुपानी नेपालका कलाकारहरुले रौतहटका बाढी पीडितहरुलाई राहत बाँडेका छन्। विहीबार र शुक्रवार सिस्नुपानीका कलाकारहरुले रौतहटका बाढी पीडितहरुलाई राहत बाँडेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्