३ मंसिर २०८१ सोमबार
image/svg+xml

‘म कलाकार हो कि होइन ?’

चुनावका लागि मतदातासमक्ष भोट माग्न जानुपर्ने बेलामा उनले आफूलाई आफ्नो पहिचानको विषयमा लिएर ‘ह्यारेसमेन्ट’ गरिएको जनाउँदै सञ्चारकर्मी, पत्रकार र अभिनेत्रीमाझ प्रस्तुत भइन्।

सरकारले कला क्षेत्रमा चाहेर पनि लगानी गर्न सकेनः ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कलाका क्षेत्रमा चाहेर पनि लगानी गर्न नसकेको बताएका छन्।

पौभाका चम्किला तारा

नेपाल आर्ट काउन्सिल बबरमहल, काठमाडौंमा ललितकला प्रदर्शनी चलिरहेको छ। त्यसको भुइँतलामा कलाकार रवि श्रेष्ठको एउटा पौभा चित्र प्रदर्शित छ।

खगेन्द्र लामिछाने अव निर्देशक

'टलकजंग भर्सेस टुल्के', 'पशुपति प्रसाद' जस्ता चलचित्रमा रुचाइएका खगेन्द्र लामिछाने अव निर्देशकको रुपमा 'पानीफोटो' मार्फत डेव्यू गर्ने भएका छन्।

कलाकारले तताए हरिवन

हरिवनमा जारी ‘रमाइलो मेला एवं महोत्सव’मा हरेक साँझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुतीले हरिवनसहित आसपासका दर्शकले मनोरञ्जन लिईरहेका छन् । गत जेठ ३ गतेदेखि जारी महोत्सवअन्तर्गत गत शनिबार राती भारतका भोजपुरी स्टार गायक अवधेश प्रेमीको सांगीतिक टोलीले प्रस्तुती दिएको थियो । आकर्षक सामूहिक नृत्यसहित प्रेमीले आधा दर्जन गीत गाउँदा उपस्थित हजारौं दर्शक झुमेका थिए । भोजपुरी कलाकारहरूको केही भड्किलो प्रस्तुतीका कारण दर्शकहरू उत्तेजित देखिन्थे ।

हत्या अभियोगमा ४ जना नेपाली ताक्लाकोटमा पक्राउ

कामको खोजिमा तिब्बतको ताकलाकोट पुगेका ४ नेपाली हत्या अभियोगमा पक्राउ परेका छन।

रञ्जुको सन्देश

ललितकला पुरस्कार ०७६ बाट पुरस्कृत भएकी मिथिला कलाकार रञ्जु यादव सन्देशमूलक चित्र बनाउन सिपालु छिन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आर्ट काउन्सिल बबरमहल, काठमाडौंमा नवौं राष्ट्रिय ललितकला प्रदर्शनी गरिरहेको छ। त्यहाँ विभिन्न विधाको कला राखिएका छन्। लोककला विधामा यसपालि राष्ट्रिय ललितकला पुरस्कार–०७६ बाट मिथिला चित्रकार रञ्जु यादव पुरस्कृत भइन्।

नीरकलाको निरन्तर लगन

५० वर्षको अवधिमा चितवनले बृहत् फड्को मारेको छ। यो अवधिमा भएको परिवर्तन र विकासको साक्षी उनी पनि बनिन्। रोगको त्रास रहेको चितवन आउनुको उनको बाध्यता थियो। आएपछि भने फर्किन सकिनन्। चितवन आएको ५० वर्षको अवधिमा उनको जीवनमा पनि धेरै परिवर्तन आए। ८६ वर्षीय नीरकला शर्माले विगतका यही अवधिमै आफ्नो खुसी भेटिन्।

'मेरो अर्को खुट्टा भन्नु नै साइकल हो'

उनले साइकल कुदाएको देखेर बाटोमा धेरै मानिसहरुले अनौठो प्रतिक्रिया दिन्छन्। कसैले त भएको अर्को खुट्टा पनि भाँचिएला भन्ने टिप्पणी दिएको सुन्दा उनलाई राम्रो लाग्दैन।

गणतन्त्रमा सौन्दर्यचेत

पृथ्वीका सबै प्राणीलाई उछिनेर मानवजाति यहाँसम्म आइपुग्नुमा सामूहिक कल्पनाशीलताको भूमिका देख्छन् युवाल हरारे। यही सामूहिक कल्पनाशीलताको उपज हो ईश्वर, धर्म, राज्य, कला, नैतिकता र मानिसको जीवनको सार्थकताका निम्ति सर्वाधिक महŒवका सबै सबै कुरा। मानिसको सौन्दर्यचेत पनि यही कल्पनाशीलताको एउटा पक्ष हो जो कला सिर्जनाका ‘औपचारिक’ संस्करणहरूमा मात्रै हैन, मानिसका व्यवहार, विचार, कौतुहल अनेकरूपमा प्रकट भइरहेको हुन्छ। मानव जीवनका सर्वाधिक महŒवपूर्ण पक्षहरू त्यही सौन्दर्यचेतको जगमा उभिएका हुन्छन्।

महिला चरित्रमा रुचाइएका पुरुष कलाकार

दर्शकलाई आफ्नो अनुहारमा केही फरकपना दिनकै लागि पुरुष कलाकार महिलाको गेटअपमा देखिन कन्जुस्याइँ गर्दैनन्।

पकाउने कला सिक्दै हाेमस्टे सञ्चालक

गोरखा नगरपालिका–५ पश्लाङका स्थानीयलाई पाहुनालाई कसरी खुसी बनाउने तथा मिठो परिकार कसरी खुवाउने भन्ने चिन्ता। गोरखा सदरमुकाम नजिकै होमस्टे सञ्चालन गर्नु, नजिक रहेका ठूला होटलमा बस्ने पर्यटकलाई होमस्टेसम्म आकर्षित गराउनु यहाँका स्थानीयलाई सजिलो छैन।

पुराना टायरबाट आकर्षक घरायसी सामान

सामान एउटा प्रयोजनका लागि ल्याइन्छ। तर, त्यसको उपयोगपछि फ्याँकिन्छ। फ्याँक्ने अवस्थामा पुगेको वस्तु अर्को प्रयोजनका लागि उपयोग हुन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ।

गलत सूचनाका कारण रिगा सम्मेलनमा गयौँः सांसदद्वय

स्वतन्त्र तिब्बत सम्वन्धी कार्यक्रममा सहभागी भएर आलोचित बनेका समाजवादी पार्टीका सांसदद्वय एकबाल मियाँ र प्रदीप यादवले आफूबाट गल्ती भएको स्वीकारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्