१४ असार २०८१ शुक्रबार
image/svg+xml

सल्यानमा बस पल्टियो, २२ जना घाइते, चार गम्भीर

घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेका प्रहरीले जानकारी दिएको छ। घाइतेहरुलाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ भने अन्यलाई सल्यान श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको डीएसपी शाहीले बताए ।

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा जिल्लाको शारदा नगरपालिका १३ चिसापानी का २३ वर्षीय चालक कृष्ण डाँगी र उनका साथमा रहेका चैबाङ्गज्युला घर भएका १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रुकुममा बस दुर्घटना : २६ घाइते, तीन जनाको अवस्था गम्भीर

राप्ती राजमार्गको सल्यानमा बस दुर्घटना भएको छ। काठमाडौंबाट रुकुम (पश्चिम) आउँदै गरेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

छोराले आफ्नै बुबाको हत्या गरेको पुष्टि

सल्यानका एक जनाले आफ्नै बुबाको हत्या गरेको पुष्टि भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका–२ कारागिठी ज्यामिरेका दुर्गाबहादुर रानाले आफ्नै बुबाको हत्या गरेको प्रहरीले दाबी गरेको छ।

आमाले आफ्नै छोराको हत्या गरेको पुष्टी

सल्यानमा एक महिलाले आफ्नै ४ वर्षीय छोराको हत्या गरेकी छन्। जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुँगुरखोरकी यमुना भनिने एलिसा खत्रीले विष सेवन गराएर छोराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनले आफ्नो ४ वर्षीय छोरा समिर खत्रीलाई हत्या गरेको एक महिनाको अनुसन्धानले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

अन्य आयोजनाबाट बचेको पैसाले एम्बुलेन्स खरिद

सल्यान छत्रेश्वरी गाउँपालिकाले गत आर्थिक वर्ष सञ्चालित विभिन्न आयोजनाबाट बचेको रकमले तीन वटा एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले खरिद गरिएका एम्बुलेन्स गाउँपालिकाभित्र सञ्चालित बर्थिङ सेन्टरका लागि उपलब्ध गराइएको बताए।

बिनाअनुमति ड्रोन क्यामेरा प्रयोग

कुनै पनि प्रयोजनका लागि ड्रोन क्यामेरा चलाउनुपर्ने अवस्था आए गृह मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान छ। तर सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा यस्तो स्वीकृति नै नलिई ड्रोन क्यामेरा प्रयोग भइरहेको छ। उक्त गाउँपालिकाको वृत्तचित्र बनाउन ड्रोन प्रयोग भइरहेको हो।

एड्सबाट ८ जनाको मृत्यु

एचआइभी एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु भएको छ। विसं २०६८ देखि हालसम्म संक्रमित ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन्।

सल्यानमा विमानस्थल बन्दै

सल्यानमा विमानस्थल निर्माण हुने भएको छ । छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरामा विमानस्थल निर्माण हुन लागेको हो । विमानस्थलको सम्भावित अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । अनुमानित ८१ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माण हुने गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले बताए।

सल्यानमा विमानस्थल बन्दै

सल्यानमा विमानस्थल निर्माण हुने भएको छ । छत्रेश्वरी गाउँपालिका–५, लेखपोखरामा विमानस्थल निर्माण हुन लागेको हो।

धारिलाे हतियार प्रयाेग गरी महिलाको हत्या

सल्यानको शारदा नगरपालिकामा एक महिलाकाे हत्या भएकाे छ। शारदा नगरपालिका ८ मार्केको सिमखर्ककी ५५ वर्षीया केवली सुनारको विहीबार राति धारिलो हतियार प्रयाेग गरि हत्या गरिएकाे प्रहरीले जानकारी दिएकाे छ।

बुलिङटार र रामपुरमा नेपाल बंगलादेश बैंक

नेपाल बंलादेश बैंक लिमिटेडले नवलपरासीको बुलिङटार र सल्यानको रामपुर कालीमाटीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

सल्यानमा पहिरो, एकै परिवारका ३ जनाको मृत्यु

सल्यानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी बागचौर नगरपालिका १२ का ८ वर्षीया ललिता डाँगी, ६ वर्षीय ललित डाँगी र ४ वर्षीया मेनुका डाँगीको मृत्यु भएको हो।

सल्यानमा घर भत्कदा एकै परिवारका ५ जनाको मृत्यु

सल्यानमा घर भत्कदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका वडा नम्बर ४ का रामबहादुर बिकको घर गएराती भत्कँदा च्यापिएर ३९ वर्षीय रामबहादुर सहित उनकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्