१६ असार २०८१ आइतबार
image/svg+xml

जित खोज्दै नाइजेरिया र आइसल्यान्ड

विश्वकपमा आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसक्ने थोरै टोलीमध्ये एक नाइजेरिया हो भने अनुमान गरेभन्दा उत्कृष्ट प्रदर्शन गर्ने थोरै टोलीमध्ये एकका रूपमा आइसल्यान्ड स्थापित भएको छ।

धादिङबेसी–सल्यानटार सडकखण्ड निर्माण सुस्त

हिलाम्मे सडक, अलपत्र यात्रु र फसेको सवारी साधन । धादिङबेसी–सल्यानटार सडक खण्डको बेहाल अवस्था हो यो । निर्माणाधीन यस सडक खण्डमा ठेकेदार कम्पनीको मनोमानीका कारण सडक अस्तव्यस्त बनेको छ । प्रिमनसुन सुरु भएका कारण पनि निर्माणाधीन सडकमा पानी परेका बेला सवारी साधन गुड्नै नसक्ने अवस्थामा पुगेको छ ।

सल्यानमा याे बर्ष ३३ करोडको सुन्तला उत्पादन

सल्यानमा यो बर्ष ३३ करोडको सुन्तला उत्पादन भएको छ। सुन्तला सुदृढीकरण अभियानअन्तर्गत बगँैचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरण मिलेपछि गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले वृद्धि भएको हो।

सल्यान पार्टी कमिटी एमालेमा विलय भएको होइन: राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानको आफ्नो पार्टी कमिटी एमालेमा विलय नभएको बताएको छ। राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले केही व्याक्ति एमाले प्रवेश गरे पनि पार्टी कमिटी विलय भएको भन्ने निराधार भएको बताए।

सल्यानमा गतवर्ष भन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि

सल्यानमा यस वर्ष ३३ करोड ४ लाख ८० हजार बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तला शुद्धीकरण अभियान, बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूललगायत कारणले यस वर्ष गत वर्षभन्दा १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो।

गाउँपालिकाको केन्द्र माग गर्दै सल्यानवासी आन्दोलित

गाउँपालिकाको केन्द्र माग गर्दै सोलुखुम्बु सल्यानका स्थानीयहरू आन्दोलित बनेका छन्। सल्यानका स्थानीयवासीले नेचा सल्यान गाउँपालिकाको केन्द्र सल्यानमा राखिनुपर्ने माग राखेका छन् । राज्य पुनर्संरचनामा गाउँपालिकाको केन्द्र नेचामा राखिएको र सोही केन्द्र आफूहरूलाई अपायक परेको भन्दै सल्यानमा केन्द्र कायम गर्न माग राख्दै गएको पौष १० गतेदेखि आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनमा रहेका सल्यानका स्थानीय केन्द्रको माग राख्दै स्थानीय विकास मन्त्रालय सम्म गुहार्न पुगेका छन्।

सल्यानमा सुन्तला उत्पादनमा गिरावट

यस वर्ष सल्यानमा सुन्तला उत्पादनमा गिरावट आएको छ । फूल सहितको दानामा असिना पानीले क्षति पु¥याएपछि यहाँ सुन्तला उत्पादनमा कमी आएको हो।

सल्यान बामको कब्जामा

सल्यानमा प्रतिनिधि र प्रदेश सभा चुनावमा बाम गठबन्धनले जित हाँसिल गरेको छ। प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका टेकवहादुर बस्नेत, प्रदेश निर्वाचन क्षेत्र ख वाट नेकपा एमालेका प्रकाश ज्वाला, क वाट नेकपा एमालेकै गुलावजंग शाह निर्वाचित भएका हुन्।

सल्यानमा माओवादीको बागी

नेकपा माओवादी केन्द्र सल्यानले बाम गठबन्धनका सबै उम्मेदवारका विरुद्ध बागी मनोनयन पत्र दर्ता गराएको छ । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले नेकपा एमाले र माओवादी केन्द्रले बाम गठबन्धनले केन्द्रबाट तोकेका उम्मेदवारका विरुद्धमा उनीहरूले बागी मनोनयन पत्र दर्ता गराएका हुन्।

आइसल्यान्डको सपना साकार

कोसोभोलाई पराजित गर्दै आइसल्यान्डले सोमबार पहिलो पटक विश्वकप खेल्ने सपना साकार पार्दा वेल्स छनोट चरणबाटै बाहिरिएको छ ।आइसल्यान्डले युरोपेली छनोट चरणको अन्तिम खेलमा कोसोभोलाई २–० ले स्तब्ध पार्दै रूस विश्वकप २०१८ को टिकट काटेको हो ।

सल्यानमा खुद्रा पैसाको अभाव

नेपाल बैंक लिमिटेड जिल्ला शाखा सल्यानमा खुद्रा पैसाको अभाव भएको छ । यहाँ शुक्रवारदेखि खुद्रा रुपैयाँको अभाव भएको हो।दशैँका लागि यस वर्ष दुई करोड रुपयाँ मात्र जिल्ला आएको थियो । उक्त रुपैयाँ शुक्रवार सकिएको शाखा प्रबन्ध सतिश शाहीले जानकारी दिए । उनका अनुसार गत वर्षहरूमा यस भन्दा अझ बढी समस्या हुने गरेको थियो । १५ सय उपभोक्तालाई लक्षित गरी यस वर्ष खुद्रा रुपयाँ जिल्ला आएको शाखा प्रबन्धक शाहीले जानकारी दिए।

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

घर भत्कँदा सल्यानमा दुईजनाको मृत्यु

घर भत्कँदा सल्यानमा विहिवार दुईजनाको मृत्यु भएको छ। सल्यान छत्रेश्वरी गााउँपालिका वडा नम्बर २ का रबीन्द्र घर्तीको घर भत्कँदा उनकी बुहारी शुशीला र ढेड बर्षिय नाती टिकारामको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्