१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

एड्सबाट ८ जनाको मृत्यु

सल्यान – एचआइभी एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु भएको छ। विसं २०६८ देखि हालसम्म संक्रमित ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन्। अहिले जिल्लामा एचआइभी संक्रमितको संख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ। जसमध्ये १२ जना बालबालिका रहेका छन्।

एचआइभी बालबालिकामध्ये पाँच जना काठमाडौंका बेवी केयर होममा रहेका प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए। जसमध्ये सात जना बालबालिका जिल्लाबाहिर रहेका र बाँकी १८ जनाले भने जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका उनले जानकारी दिए। जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका १८ मा १० महिला र आठ पुरुष छन्।

संक्रमित पनि अरू व्यक्तिसरह नै विभिन्न व्यवसाय गर्दै आएका छन्। “एचआइभी संक्रमितमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन्, अरू पनि आ–आफनै व्यवसाय सञ्चालन गरिरहेका छन्”, विष्टले भने, “पहिले संक्रमितहरू बाहिर खुलेर आउन चाहँदैनथे, तर अहिले सजिलो भएको छ।”   (रासस)

प्रकाशित: १६ मंसिर २०७५ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App