१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ।

हाम्रै आँगनमा विश्व सामाजिक मञ्च

धनी र गरिबको धन सम्पत्तिबीचको अन्तर अझै फराकिलो पार्दै लगेका छन्। यसरी हेर्दा पृथ्वीको प्रकृतिप्रदत्त स्रोतको दोहन र उपयोगसमेत सीमित वर्गले मात्र गरिरहेका छन्। जसको असर भने धेरैलाई पर्न गएको छ।

सडक, सपना र संवेदना

अवसरको खोजीमा गाउँबाट सहरमा आइ गरिखान खोज्नेहरू आउने क्रम नरोकिएकाले सडकपेटीको व्यापार पूर्णतः नियन्त्रित हुन सकेको छैन। सडकपेटीमा बसेर केही गरिखान खोज्नेप्रति सर्वसाधारणको सहानुभूति र संवेदना पनि छ

सडकपेटीले बजारक्षेत्रमा आवतजावत सहज

सदरमुकाम धादिङबेंसी बजारक्षेत्रको सडक दायाँ–बायाँ फुटपाथ (सडकपेटी) निर्माण गरिएको छ। नगरपालिकाले विभिन्न टोलसुधार समितिलाई जिम्मा दिई सडकपेटी निर्माण गरेको हो।

अतिक्रमित सडकपेटी खाली गराइँदै

कलैया उपमहानगरपालिकाले सोमबारदेखि कलैया बजार क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ।

राजधानीका अधिकांश सडकपेटी अपाङ्गमैत्री छैनन्

अपाङ्गतामैत्री फुटपाथ नभएको भन्दै केही हप्ता अघिमात्र काठमाडौंको जोरपाटीस्थित सडकपेटी अपाङ्गता भएका व्यक्तिहरुले भत्काएका थिए। राजधानीका अधिकांश सडकपेटी अपाङ्गमैत्री छैनन्। भएका सडक पेटीमा पनि मोटरसाइकल तथा कार पार्किङ गरिएका हुन्छन्। अर्कोतर्फ सडक पेटीमा भएका खाल्डा खुल्डीले पनि उनीहरुको यात्रालाई थप कष्टकर बनाएको छ। त्यसैगरी अपाङ्गता भएका ब्यक्तिलाई लक्षित गरी सडक पेटीमा ‘ट्याकटाइल’को व्यवस्था गरिएको भए पनि सो सडक अपाङ्गमैत्री हुन नसकेको उनीहरुको गुनासो छ।

चिसोले कठ्याङ्ग्रिएर राजधानीमै मर्छन जनता

काठमाडौं उपत्यकामा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएका केही प्रतिनिधिमूलक घटना हुन् यी। पछिल्लो समय काठमाडौं उपत्यकामा ह्वातै  चिसो बढेसँगै सडकपेटीमा आश्रयस्थल बनाउँदै आएका अशक्त वृद्धवृद्धाको मृत्यु हुने गरेको छ। सडकपेटीमा बसोबास गर्दै आएका वृद्धवृद्धाहरुको उचित स्याहारसुसार नहुँदा दिनहुँजसो ज्यान गुमाउन बाध्य भएका छन्। चिसोका कारणले सडकमा नै बसोबास गर्दै आएका वृद्धवृद्धाहरु उच्च जोखिमा छन्।  महानगरीय  प्रहरी कार्यालय रानीपोखरीका अनुसार चिसोको कारणले उपत्यकामा दैनिक सरदर २ देखी ६ जनाको ज्यान जाने गरेको छ।

सडकपेटीका निर्माण सामग्री हटाउन अभियान

काठमाडौं महानगरपालिकाले सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउने अभियान थालेको छ । महानगरपालिकाले तीनकुने क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका फलामे छड, सिमेन्ट, इँटालगायत निर्माण सामग्री हटाइएको हो।

सडकपेटीमा तरकारी बेच्छन् ९८.६ प्रतिशत ल्याएका विद्यार्थी

भनिन्छ काम ठूलो र सानो हुदैन । यसको उदाहरण बनेका छन् भारतका १७ वर्षीय युवक देवेन्द्र कुमार । उनले भारतको रायपुरमा रहेको छतीसगढ माध्यामिक विद्यालयबाट ९८.६ प्रतिशत ल्याएर कक्षा १२ उतीर्ण गरेका छन्।

सडकपेटी पार्किङमा परिणत

राजधानीको तीनकुने चोकदेखि गैरीगाउँ जाने सडकको पेटी सवारीसाधन पार्किङले नै भरिने गरेकाले बटुवा सडक पेटी हो कि पार्किङ रनभुल्लमा पर्न थालेका छन्। 'सडक पेटी जहिल्यै पार्किङ हुने गरेको छ, जसले गर्दा हिँड्नै सकस हुन्छ,' एक स्थानीय भने, 'कहिले पार्टी प्यालेसका सवारीले भरिन्छ भने कहिले मार्बल गोदामका गाडी त कहिले मोटरसाइकलले फुटपाथ भरिने गर्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्