१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

कोरियन भाषा परीक्षा आजदेखि सुरु

ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ। राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ।

कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि

परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ।

प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका थिए युवाहरू

प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका युवाहरुले सार्वजनिक गाडी तोडफोड गरेका थिए। सोही समयमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी पनि आएपछि उनीहरुले आगजनी गरेको बताइएको छ।

कोरिया भाषाको परीक्षामा पुन सामेल हुन पाउनु पर्छ भन्दै पीडितहरू आन्दोलनमा

वैदेशिक रोजगारीका लागि कोरिया जाँदै गरेका युवाहरू आन्दोलित भएका छन्। पानीजहाज कम्पनी अर्थात ‘सिप बिल्डिङ’ मा सन् २०२३ मा परीक्षा दिई अनुत्तीर्ण रहेका २८ हजार युवाहरूले दोश्रोपटक पनि परीक्षा दिन पाउनु पर्छ भन्दै आन्दोलन गरेका हुन।

‘कि रोजगारी दे, कि कोरिया जान दे’

लकडाउन र हवाई उडान बन्द भएर ईपीएस रोजगार प्रक्रिया पूरा गरेर जान तयार भएकाहरूले बुधबार प्रदर्शन गरेका छन् । रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण बनाइदिनु पर्यो भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु‘’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने रु’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्