पशुमा रोगको जोखिम बढ्ने भएपछि आजदेखि खोप अभियान
पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो।
पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै पुगेर निःशुल्क खोप अभियान सञ्चालन गरेको छ। नगरले गर्मी बढेसँगै पशुमा विभिन्न रोग लाग्ने ठानेर पूर्वतयारीस्वरुप खोप अभियान थालेको हो।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहेका छन्।
पनौती नगरपालिकामा बिहीबार एकै दिन दुईवटा वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको छ।
पानीका मुहान संरक्षणमा काभ्रेपलाञ्चोकका सात नगरपालिकाले विशेष अभियान सुरु गर्ने भएका छन्।
विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो।
स्थानीय बृद्धबृद्धाको भनाईमा पूर्णिमाको दिन भद्रकालीले ६४ योगिनीको एउटै रुपधारण गरी कामोत्तेजक भई महादेवलाई लखेट्छिन्। महादेव भने त्रिवेणीमा हामफली लुक्छन् तर त्यहाँ पनि भद्रकालीले नछाडेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरी भद्रकालीलाई भगाउँछन्। भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ।
परापूर्वकालदेखि नै जनैपूर्णिमाको दिन जात्रा हुने गरेकाले पर्व मनाउन दुई दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए
मकर संक्रन्तिबाट सुरु भएको मेलाको मकर–स्नान तथा अवलोकन शनिबारसम्म एक महिना चलेको थियो।
काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।
मध्य नेपालको सानो ऐतिहासिक नेवार सहर हो, पनौती। धार्मिक, ऐतिहासिक, पुरातात्विक सांस्कृतिक र प्राकृतिक सम्पदाको एक विशिष्ट नमुनाको पहिचान बनाएको छ, यो शहरले। पनौती प्रकृति र संस्कृतिको सङ्गमस्थल हो। भनिन्छ यो शहर भूकम्प नजाने र ढिकी चलाउन नहुने जस्ता मान्यता बोकेको नगर पनि हो। देवराज इन्द्रको तपोभूमि, शचीको प्यारो भूमि र अहिल्याको मुक्तिभूमिका रूपमा पनि यसलाई चिनिन्छ। यस्तो पावन भूमिमा प्रत्येक बाह्र वर्षको एकपल्ट माघ महिनाभरि मेला लाग्छ। यस मेलालाई मकर मेला भनिन्छ।
पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो। नगरको विशेषतालाई अक्षरमा लिपिबद्द गरेर पनौती नगरका बारेमा जानकारी लिन चाहनेहरूका लागि पुस्तक उपयोगी
काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज बिहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा ( कर्फ्यू ) आदेश जारी गरेको छ।
पनौती नगरपालिकाले बहु–उपयोगी भैंसीको आनुवांशिक संरक्षण अभियान थालेको दुई वर्ष पुगेको छ।
२०४० को दशकसम्म पनौतीलाई ‘पोखरेली मसिनो’ चामल र रोशी खोलाको ‘असला’ माछा पाइने ठाउँ भनेर उपत्यकाले चिन्थ्यो। २०४४ सालतिर भित्रिएको खुमल–४ जातको धानले पोखरेली मसिनोलाई भुलाइदियो। यस्तै, रोशी खोला सुक्दै गएपछि असला माछा पनि हराए।
पनौती नगरपालिकाका वडा नम्बर दुई र तीनलाई बालमैत्री घोषणा गरिएको छ। ‘आवश्यक विभिन्न ३९ वटा सूचक पूरा गरेकाले दुई र तीन वडालाई बालमैत्री घोषणा गरेका हौं,’ वडा नम्बर दुईका अध्यक्ष पुरुषोत्तम अधिकारीले भने। उनका अनुसार पूरै नगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य छ।