१२ असार २०८१ बुधबार
image/svg+xml

पहिले बेच्थ्यौं घिउ अहिले किनेर खान्छौं

‘किसानका लागि गाउँपालिकाले गोठ सुधार कार्यक्रम ल्याएका छ तर यसमा सहभागी हुन कोही आउनुहुन्न,’ उनले भने ‘गतवर्ष छुट्याएको ५० लाख बजेट त्यतिकै छ।’

आयुर्वेद उपचारमा चेपाङ समुदाय

चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो।

तीन जिल्लाका साना किसानको सारथी फिस्लिङ तरकारी केन्द्र

धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले व्यवसायीक रुपमा तरकारी खेत गर्न थालेको २० वर्ष पुग्यो। डल्लाकोटीले २ रोपनी बारीमा मौसम अनुसारको तरकारी लगाउँछन्। यतिखेर उनको बारीमा सिमी तयारी रहेका छन्। तर,उनलाई बजारीकरणको भने समस्या छ।

मुग्लिन–मलेखु सडक विस्तार थालियो

मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ।आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो।

विपन्न समुदायलाई रेडियो वितरण

सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ।

१८ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग, दुईतर्फी खुल्ने संभावना न्यून

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फी खुलेको छ।धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलमा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाएको हो।

ग्याँस टयांकर पल्टिंदा एकको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ लेवाटारमा एलपी ग्याँस बोकेर गइरहेको भारतीय ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

इच्छाकामनाले एकल महिला र पुरुषलाई भत्ता दिँदै

इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ।

राजमार्गमा निजी गाडी दुर्घटना: निद्रा, तीव्र गति र कम अनुभव कारक

मुग्लिन प्रहरीका अनुसार ग२च ४९१८ नम्बरको कार बिहीबार राति १२ बजेतिर अनियन्त्रित भई त्रिशूलीमा खस्दा पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल बेपत्ता भएका हुन्।

त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता

इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमाकाठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्