रविविरुद्धको मुद्दामा सुनुवाइ आज
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सोमबार दर्ता भएको रिट निवेदनमाथि मंगलबारका लागि पेसी तोकिएको हो।