१३ आश्विन २०८१ आइतबार
image/svg+xml

फेरि थपियो ७ दिन सार्वजनिक बिदा

पोखरेलका अनुसार थप गरिएका ७ दिनको बिदामा दसैंमा एक दिन थप बिदा दिइएको छ। गृह मन्त्रालयका अनुसार अबदेखि दसैको टीकाको पर्सिपल्टसम्म बिदा दिने निर्णय गरिएको छ। यसअघि दसैंमा टीकाको भोलिपल्टसम्म मात्रै बिदा दिने गरिएको थियो।

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

उनीहरूले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्।

'प्रचण्ड' जाने भएपछि नगरपालिकाले दियो सार्वजनिक बिदा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रमुख अतिथि भएर जाने कार्यक्रमका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले नगरभित्र सार्वजनिक बिदा दिएको छ।

तनहुँका दुई पालिकामा आज सार्वजनिक बिदा

शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ।

शङ्खधर दिवसः मध्यपुरथिमिमा सार्वजनिक बिदा

शङ्खधर दिवसका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।शङ्खधर साख्वाःको योगदानलाई जीवन्त राख्न नगरपालिकाले ४३औँ शङ्खधर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ।

त्रियुगा र चौदण्डीगढीमा सार्वजनिक बिदा

सदरमुकामको त्रियुगा नगरपालिकाले बुधबार र बिहीबार दुईदिन सार्वजनिक बिदा दिएको छ भने चौदण्डीगढी नगरपालिकाले बुधबार एकदिन बिदा दिएको छ।

जात्राका लागि दुई दिन सार्वजनिक बिदा

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले अनन्त चतुर्दशीका अवसरमा लाग्ने मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा

सरकारले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा देशभरका नेवार समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

साउन ६ गते सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

प्रदेश १ मा शुक्रबार सार्वजनिक बिदा

वैशाख ३१ गते शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको चाड इदुलफित्र परेकाले प्रदेश १ मा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

बारपाक सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा

'विसं २०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएको गाउँपालिकाभित्र उक्त दिनको सम्झनामा बिदा दिइएको हो', उनले भने, 'भूकम्पलाई भुल्नेभन्दा पनि सम्झेर सधैँ सचेत र पूर्वतयारीमा सबै सदैव लाग्नुपर्छ।'

कर्णालीमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले चैतेदशैँका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमीका दिन कर्णालीवासीले मनाउने चैतेदशैँका अवसरमा सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

मंगलबार कर्णालीमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। वैशाख ७ गते परेको चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्