लोकमानको विषयमा समाचार लेखे ज्यानमार्ने धम्की
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार नलेख्न पत्रकारलाई अज्ञान व्यक्तिले फोनबाट धम्की दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार नलेख्न पत्रकारलाई अज्ञान व्यक्तिले फोनबाट धम्की दिएका छन्।
सो यात्रुबहाक रेलमा ६ सय जना यात्रु क्षमता भएपनि १६ सय यात्रु चढाइएको बताइएको छ। अत्याधीक भारका कारण उक्त रेलको २२ वटा डिब्बा लिक बाहिर गएकाले दुर्घटना भएको बताइएको छ।
धनुषाको उत्तरवर्ती क्षेत्रमा पर्ने क्षिरेश्वरनाथ नगरपालिका-९ स्थित लालभित्तीका एक युवकलाई छिमेकीले खुकुरी प्रहारगरी निर्मम हत्या गरेको छ। पूर्व-पश्चिम राजमार्गदेखि एक किलोमिटर उत्तर औरही खोलाकिनारमा रहेको बस्तीमा बुधबार साँझ करिब साढे ८ बजे २० वर्षीय राजु महतोलाई उनकै छिमेकी बाबु-छोराले मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ।
हाइटीमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार २३ पुगेको छ । बुधबार नौ जनाको मृत्यु भएको यहाँको गृह मन्त्रालयले जानकारी दिएको थियो । यस प्रकोपको कारण दशौं हजार मानिस विस्थाापित भएका छन् ।
सोमबारको बर्षासँगै परेको चट्याङमा चार जनाको ज्यान गएको छ। प्युठान नारीकोट–७ का ६० बर्षीया धनकला खड्का र बादीकोट–७ मुलपानीका २६ बर्षीया बिना जि.सी.को चट्याङ लागेर मृत्यु भएको छ।
सडकमा पैदल हिडिरहेको सिद्धेश्वर–८ तल्लो अनारखोलीका ५५ वर्षीय रामबहादुर बिष्टको गाडीले किचेर ज्यान गएको छ। पैदलयात्रुको मृत्यु भएपछि आक्रोसित भएका मृतकका आफन्तले राजमार्ग बन्द गराएका छन्।
केन्द्रीय प्रशारणलाइनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तिबाट ज्यान मार्ने धम्की आएपछि आयोजनास्थलको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।
केन्द्रीय प्रशारणलाईनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएको छ। योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा सोमबार बिहान भने मोबाइलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको हो।
भक्तपुर जिल्ला अदालतको २०७१ जेठ २८ गतेको फैसलाले सवारी ज्यान मुद्धामा ५ महिना ४ दिन कैद सजाय हुने ठहर गरिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।
शनिवार साँझ बैतडीको उदयदेव २ कफाडीका हीरा चन्दकी ४ वर्षीया छोरी अञ्जली चन्दको चितुवा आक्रमणमा ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको छ ।
काठमाडौँ- प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सैनिक प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी दीपकप्रसाद भारती तथा युद्धकार्य निर्देशनालय बलाधिकृत विभाग (व्य.यु.)का सहायक रथी देवेन्द्रबहादुर मेघासीलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।
यो हप्ता सन्धिखर्क नगरपालिकाको खाँचीकोटमा दुई बालिकाको चितुवाले ज्यान लिएको छ। चितुवाको आक्रमणले मंगलबार खाँचीकोट–९ गच्छेमा नारायण मुखियाकी ८ वर्षीया छोरी अस्मिता मुखियाको ज्यान गयो। प्रशासनले चितुवा मार्ने अनुमति दिएपछि प्रहरी चितुवा मार्न जंगल क्षेत्रमा खटिएको छ।
संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएकाे त्यहाँका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
अत्याधिक मदिरा सेवनले कोहलपुरका एक होटलमा बसेका युवकको मृत्यु भएको छ। साथीहरुसँग कोहलपुरस्थित पपलाइफ होटलमा बसेका कोहलपुर–११ का ३० वर्षीय विकास राईको मृत्यु भएको हो। होटलमा बसेका पवन श्रेष्ठ बेहोश अवस्थामा कोहलपुर प्रहरीले फेला पारेको छ।
बैतडीको दक्षिणी तल्लोस्वाराड क्षेत्रमा नरभक्षी चितुवाको आतंकले स्थानीय त्रसित बनेका छन्। चितुवाले ५ वर्षको अवधीमा २१ जनाको ज्यान लिनुका साथै ८ जना घाइते बनाएपछि स्थानीयबासी त्रसित भएका हुन्। घरआँगनमै आएर बालबालिका र मेलापात गएका महिलाहरुलाई नरभक्षी चितुवाले ज्यान लिएको हो।