४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जातिय झाँकीसहित विविध कार्यक्रमका साथ ताप्लेजुङ पूर्ण खोपयुक्त जिल्ला घोषित

ताप्लेजुङका सबै स्थानीय तह र ६१ वटा पूर्ण खोपयुक्त घोषणा भइसकेकोले ताप्लेजुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिदिन प्रस्ताव गरेका थिए। पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसंगै सहभागीले भावी सन्ततीलाई समेत पूर्ण खोप सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्।

वडा कार्यालय भएकाे घरमा आगलागी हुँदा ९ लाख बढीको क्षति

बाढी र पहिरोको चपेटा व्यहोरी रहेको ताप्लेजुङमा आगलागीको अर्को दुःखद् घटना पनि भएको छ।

याङवरक गाउँपालिकाले दुई दिन बिदा नमान्ने

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले साताको दुई दिन क्रमशः शनिबार र आइतबार बिदा हुने संघीय सरकारको निर्णय नमान्ने भएको छ।

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न सुरु

पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो। सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो।

ताप्लेजुङ ‘समुदायमा सरकारी वकिल’

पहिलो–: सम्बन्ध बिच्छेद पछि पनि श्रीमान् श्रीमति संगै बसे भने सम्बन्ध बिच्छेदको कागज फर्जी हुन्छ की सहि? दोस्रो–: सन्तानको जन्मदर्ता अघि बाबुआमाको बिवाह दर्ता अनिवार्य छ, उमेर नपुगी बिवाह गरेका दम्पतिबाट जन्मेको बच्चाको जन्मदर्ता कसरी गर्ने? वडा नं २ थेचम्बुका वडाध्यक्ष ज्ञानप्रसाद दाहालको जिज्ञासा थियो।

पाथीभरा जाने सडक कालोपत्र हुने

दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सबइन्जिनियर लिम्बूले बताए। पाथीभरा जाने सडकअन्तर्गत सदरमुकाम फुङ्लिङदेखि सुकेटार विमानस्थलसम्म आठ किलोमिटर दूरी भने विगतमै कालोपत्र बनेको छ।

पाथीभरामा हेलिकोप्टरमार्फत आउने तीर्थयात्री बढ्दै

हेलिकोप्टर तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँबाट प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउन थालेको हो।

पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनभित्र २० हजार बढी भक्तजनले पाथीभराको दर्शन गरेको प्रहरी चौकी फेदीले जनाएको छ।

बिहीबारदेखि धरानबाट हेलिमार्फत् पाथीभरा दर्शन

पाथीभरा दर्शनबाहेक धरान फन टुर पनि गर्न सकिने प्रालिले जनाएको छ। फन टुर गर्न एक व्यक्तिले ५ हजार शुल्क तिर्नुपर्नेछ।

धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?

कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो। काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेपत्ता भएका छन्।

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो।

पाथीभराको विकासका लागि १७ लाख नगद प्रदान

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको विकासका लागि झापाको दमकस्थित धर्म दर्शन फाउण्डेशन नेपालले १७ लाख रुपैयाँ नगद सहयोग गरेको छ।

कोरोनाबाट पाथीभरा क्षेत्र विकास समिति अध्यक्ष बरुवालको निधन

कोरोना संक्रमणका कारण पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बरुवालको निधन भएको छ । न्युयोर्क भएका बेला उनलाई उतै कोरोना संक्रमण भएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्