४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ। बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो।

पाथीभरा क्षेत्रमा डढेलोः जंगलका हरिया रुखहरु नै बलेपछि आगो झन् नियन्त्रण बाहिर

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रको जंगलमा आगो डढेलो बाहिर हुँदै मन्दिर आसपास पुग्न लागेको छ। यसले मन्दिर क्षेत्र नै जोखिममा पारेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।

पाथीभरा क्षेत्रमा आगलागी: मन्दिरनै जोखिममा,‘हेलिकोप्टर बाहेक मानवीय प्रयासले आगो निभाउने अवस्था छैन’

नेपालकै शक्तिपीठ मानिने ताप्लेजुङमा अवस्थित पाथीभरा क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर हुँदा मन्दिर क्षेत्र नै जोखिममा परेको छ।

पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा प्रतिवन्ध

ताप्लेजुङमा अवस्थित पवित्र शक्तिपीठ पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा प्रतिवन्ध लगाइएको छ। मन्दिरको दर्शनका लागि आउने–जानेहरुबाट कोरोना संक्रमणको भयका कारण स्थानीय प्रशासनले पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको हो।

पाथीभराको नाम सेमुक्तु मुक्ति कोक्मा राख्न माग गर्दै बन्यो संघर्ष समिति

ताप्लेजुङमा अवस्थित पाथीभराको नाम मुकुम्लुङ माग गर्दै संघर्ष भइरहेको बेला अर्को समूहले फेरि सेमुक्तु मुक्ति कोक्मा नाम राख्न संघर्ष समिति बनाएको छ।

गुम्बाडाँडादेखि पाथीभरासम्म

घनश्यामकै होटलमा अर्का एक अनौठा पात्र भेटिए। उनले परिचय दिए, ‘म बलिगुरु माथि पाथिभरा मन्दिरको।’ उनका कुरा सुनेर छक्क पर्दै मैले सोधें, ‘मैले त पहिलो चोटि सुनेँ यो शब्द नै आज! बताइदिनुहोस् न हजुर कस्तो काम गर्ने गुरुलाई बलिगुरु भनिन्छ?’

पाथीभरा क्षेत्रमा बन्यो ट्रष्टसहितका भौतिक संरचना

ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर प्रबेशद्धारबाटै ट्रष्ट लगाइएको छ । मुख्य प्रबेशद्धारबाट मन्दिरसम्म करिब एक सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाईएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको हो । लकडाउनका कारण तीर्थालुको चाँप नभएको मौका छोपी पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रमा ट्रष्ट सहितका बिभिन्न संरचनाको निर्माण गरेको छ ।

लकडाउनले सौन्दर्य बेच्न नसकेको पाथीभरा क्षेत्रको लालीगुराँसलाई नियाल्दा...

ताप्लेजुङको पाथीभरा क्षेत्र प्राकृतिक रुपले सजिएको क्षेत्र हो । धेरैले पाथीभराको दर्शन तथा यस क्षेत्रको अवलोकन पछि आहा ! भन्न भुल्दैनन् । हुन पनि पाथीभरा क्षेत्रलाई प्रकृतिले कुनै कञ्जुस्याँई नगरी सिगांरे झैं देखिन्छ । त्यहाँको प्रकृतिसंग भुल्न खोज्नेहरुलाई दिन बितेको पत्तै पनि हुदैन ।

पाथीभराको हरियो साग फुङलिङ बजारमा निःशुल्क

पाथीभरा क्षेत्रका एक किसानले भने आफ्नो बारीमा उत्पादन भएको साग बजारभरी निःशुल्क दिएर उदाहरणीय काम गरेका छन्।

पाथीभरा महिला हाफ म्याराथनको उपाधि सुनमायालाई

ताप्लेजुङमा भएको हाफ महिला पाथीभरा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन्। त्रिभुवन आर्मीका सरिता बासी दोस्रो भएकी छन्।

पाथीभरा म्याराथन सुरु

पाथीभरा म्याराथन सुरु भएको छ। खुल्लामा ताप्लेजुङको फुङ्लिङबाट पाथीभरा डाँडासम्म र महिला हाफ म्याराथनतर्फ फुङ्लिङबाट काफ्लेपाटीसम्म पुगेर फुङ्लिङसम्म फर्कने गरी म्याराथन सुरु भएको हो।

सेतो कार्पेटले स्वागत गर्दै ताप्लेजुङको पाथीभरा

यो सिजनमा दोस्रो पटक भएको हिमपातले ताप्लेजुङको पाथीभरा क्षेत्र सेताम्मे भएको छ।

पाथीभरा क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी

आफूहरुले राखेका मागको उचित सुनुवाइ नभएको भन्दै सत्तारुढ दल निकट अनेरास्ववियुले बिहीबार ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको छ।

पाथीभरा मन्दिरको सुटुक्क दर्शन गरी फर्किए नेता पौडेल

ताप्लेजुङ पार्टीको आगामी महाधिबेशनलाई मुख्य एजेण्डा बनाउनु पर्ने सर्तसहित बैठकमा त्यो एजेण्डा नबन्दा पार्टी बैठक नै बहिष्कार गर्दै आएका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पारिवारिक टोलीका साथ आइतबार सुटुक्क ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर दर्शन गरी फर्किएका छन्।

पाथीभरा क्षेत्रमा बर्सियो हिउँ

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार अपराह्नबाट हिमपात सुरु भएको छ। पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा अपराह्न साढे ४ बजेदेखि हल्का हिमपात सुरु भएको माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीका हवल्दार धनराज लिम्बूले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्