२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

पाथीभराबाट ४५ तोला सुन संकलन

२०७५ सालको साउनदेखि २०७६ सालको असोज मसान्तसम्ममा ताप्लेजुङस्थित पाथीभरा देवीको मन्दिरमा भक्तजनले चढाएको करिब ४५ तोलाभन्दा बढी सुन र १० किलोग्रामभन्दा बढी चाँदी संकलन भएको छ।

पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्युमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुर्‍याए। पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीदेखि झण्डै तीन घण्टाको पैदल दूरीमा पर्ने मन्दिरमा पुर्‍याएर दर्शन गराई पुनः काफ्लेपाटीसम्म ल्याइदिए।

पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन्।

पाथीभरा गोल्डकप: एलाभेन एरोज सुनसरीकाे पाेल्टामा उपाधि

जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १ सय ११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदीका साथ ३ तोला सुन लेपन भएको ट्रफी हात पारेको छ।

पाथीभरा केबलकारलाई अनधिकृत अनुमति

फुङलिङ नगरपालिकाले १२ लाख रुपैयाँ लिएर पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई ८० वर्षका लागि केबलकार सञ्चालन अनुमति दिएको छ।

पाथीभरा गोल्डकप साउन ३० बाट

लाखेजात्राको अवसरमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा खेलाइने पाथीभरा गोल्डकपको चौथो संस्करण यही साउन ३० गतेबाट सञ्चालन हुने भएको छ।

पाथीभरा क्षेत्रको बाटो धमाधम सोलिङ गरिँदै

बर्खामा समेत सवारी आवागमनमा समस्या नहोस् भन्ने हेतुले ताप्लेजुङको पाथीभरा मन्दिरतर्फको सवारीमार्ग सोलिङ गर्न थालिएको छ।

पुलिसलाई पाथीभरा भलिबल उपाधि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै साबिक विजेता नेपाल प्रहरीको टोलीले तेस्रो राष्ट्रिय पाथीभरा भलिबलको उपाधि जितेको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुपार्टीमा बिहीबार सम्पन फाइनलमा प्रहरीले आर्मीको टोलीमाथि सानदार जित दर्ता गर्दै तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिसहित नगद ३ लाख ५० हजार ५ सय रुपैयाँ पाएको छ।

पुलिस र आर्मीबीच उपाधि भिडन्त

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा जारी तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि बिहीबार पुलिस र आर्मी भिड्ने भएका छन्।

विभागीय टोलीको सुखद सुरुआत

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा सुरु तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा तीन विभागीय टोलीले सुखद सुरुआत गर्दा गण्डकी प्रदेशले पनि विभागीय टोलीकै लय समाएको छ।

पाथीभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता

तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ।

पाथीभरालाई विश्व सम्पदा सूचीमा समेट्न माग

३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरलाई  विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने भएको छ।

पाथीभरा मन्दिरबाट फर्कदै गरेको गाडी दुर्घटना, ५ को अवस्था गम्भीर

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कदै गरेका यात्रु सवार गाडी मध्य राती सुकेटार क्षेत्रमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते ५ जनालाई उपचारका लागि झापातर्फ पठाइएको ताप्लेजुङका प्रहरी प्रमुख,डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

पाथीभरा मन्दिर जाँदै गरेका एक तीर्थालुको मृत्यु

ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गर्न जाँदै गरेका एक व्यक्तिको मृत्यु भएको छ। मन्दिरको दर्शनका लागि मन्दिर प्रबेशको मुख्य द्धार पुग्न लागेका सुनसरी इनरुवाका ४५ बर्षीय तुलसीप्रसाद यादवको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्