६ वैशाख २०८१ बिहीबार
खेल

पुलिस र आर्मीबीच उपाधि भिडन्त

फोटो ः म्याद अफ दी म्याच आर्मीका धनबहादुर भट्टसहितका खेलाडी जितको खुसीमा । तस्बिर: खगेन्द्र/नागरिक

ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघु पार्टीमा जारी तेस्रो पाथीभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि बिहीबार पुलिस र आर्मी भिड्ने भएका छन्।

सेमिफाइनलमा नेपाल प्रहरीको टोलीले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुग्दा नेपाल आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफमाथि सानदार जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ। क्षेत्रीय स्तरको संरचना हुँदा खेलाइएको पाथीभरा पुरुष भलिबल प्रतियोगिताको पहिलो संस्करणमा भने विभागीय टोली सहभागी थिएनन्। उति बेला ओखलढुङ्गाको टोली पहिलो भएको थियो।

सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २५–१८,२६–२४ र २५–१७ को सोझो सेटमा पराजित ग-यो। दुई विभागीय टोली आर्मी र एफिएफबीचको खेल भने निकै प्रतिस्पर्धात्मक रह्यो। खेलिएका ४ सेटमध्ये ३ मा आर्मी र १ मा एपिएफले जित निकाल्यो। आर्मीले एपिएफलाई २५–२१, २५–२०, २०–२५ र २६–२४ को नतिजा निकाल्दै सेमिफाइनलबाटै घर फर्काएको छ। बिहीबार मध्याह्न उपाधिका लागि आर्मी र पुलिस आमनेसामने हुँदा पुलिस लगातार दोस्रो पटकको उपाधि हत्याउने होडमा हुनेछ भने आर्मी उपाधि जितेर इतिहास रच्ने दाउमा छ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार ५ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा उपविजेताले त्यसको आधा अर्थात् १ लाख ७६ हजार २५० रुपैयाँ पाउनेछ। प्रतियोगिता व्यवस्थापक दिवस चोङ्वाङका अनुसार प्रतियोगितामा सहभागी सबै टिमलाई सान्त्वनास्वरूप जनही नगद ५० हजार रुपैयाँका दरले प्रोत्साहन रकम प्रदान गरिनेछ। पेसा व्यवसायको सिलसिलामा राजधानी काठमाडौं पुगेका पुख्र्यौली घर ताप्लेजुङ रहेका ईश्वरी पौडेल, बलबहादुर तामाङ र रमेश बरालको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो। मैवाखोला गाउँपालिकाले मुख्य व्यवस्थापक हो भने जलजले क्लब साँघु मुख्य आयोजक तथा मैवाखोला क्लब ढुङ्गेसाँघु र न्यु पाथीभरा क्लब फाकुम्बा सहआयोजक रहेका छन्।तियोगिताको विजेताले नगद ३ लाख ५० हजार ५ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा उपविजेताले त्यसको आधा अर्थात् १ लाख ७६ हजार २५० रुपैयाँ पाउनेछ।

प्रकाशित: २६ वैशाख २०७६ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App