४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनले सौन्दर्य बेच्न नसकेको पाथीभरा क्षेत्रको लालीगुराँसलाई नियाल्दा...

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्र प्राकृतिक रुपले सजिएको क्षेत्र हो । धेरैले पाथीभराको दर्शन तथा यस क्षेत्रको अवलोकन पछि आहा ! भन्न भुल्दैनन् । हुन पनि पाथीभरा क्षेत्रलाई प्रकृतिले कुनै कञ्जुस्याँई नगरी सिगांरे झैं देखिन्छ । त्यहाँको प्रकृतिसंग भुल्न खोज्नेहरुलाई दिन बितेको पत्तै पनि हुदैन ।

पाथीभरा क्षेत्रको प्राकृतिक सम्पति मध्ये एक हो,लालीगुराँस । लालीगुराँसका प्रजाति खोज्न कि त ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल मिल्के क्षेत्र जानु पर्छ,नभए पाथीभरा क्षेत्र भनेर भन्ने पनि गरिन्छ ।

दुर्लभ जन्तु हाब्रे(रेडपाण्डा) देखि गुराँसको मनमोहक दृश्य र पुस महिनादेखि बैशाख–जेठसम्मै हिउँको मनोरमता पाथीभरा क्षेत्रको सान बन्दै आएको छ । तर यसवर्ष पाथीभराको त्यो दर्शनीय प्रकृतिसंग रमाउने भेटिएनन् । त्यसैले प्रकृति आफैंले गुराँसको फुललाई पाथीभरा जाने बाटोमै रातो बनाएर कार्पेट झैं सजाएको पनि भेटियो ।

एकातिर सेताम्मे हिउँले सेतो कार्पेट र सडकमै असरल्ल छरिएका गुराँसको रातो फुलले रातो कार्पेटले स्वागत गरे झैं लाग्ने पाथीभरा क्षेत्रको गुराँसको दृश्य कस्तो छ त ? लकडाउनकै बीच पाथीभरा क्षेत्र पुगेर फर्किएका नागरिककर्मी खगेन्द्र अधिकारीले तयार गरेको यो फोटो फिचर नियालौं ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App