४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनका लागि एकजना विदेशीसहित ५६ जनाको आवेदन

फाइल तस्बिर

शनिवार हुने अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगितामा भाग लिन एकजना विदेशी नागरिकसहित ५६ जनाले आवेदन दिएका छन्।

प्रतियोगिताको प्रचार तथा सूचना प्रविधिको संयोजन गरिरहेका दिलकुमार लिम्बूका अनुसार प्रतियोगितामा दक्षिण कोरियाका एक नागरिकले म्याराथनमा सहभागी हुनका लागि नाम दर्ता गराएका छन्।

अन्तराष्ट्रिय रेडपाण्डा संरक्षण दिवसको अवसर पारेर २१ सेक्टेम्बर अर्थात् असोज ५ गते प्रतियोगिता हुन लागेको छ। आवेदन दिएकाहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।

म्यारथनका क्रममा ७२ जना स्वयंसेवक परिचालन हुनेछन् भने १३ जना स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरिने छ।

फुङलिङ बजारबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी कूल ४८ किलोमिटर दुरी तय भएको छ।

पुरुष तथा महिला म्याराथनका धावकलाई एकैपटक र एकै समयमा दौडाईने छ। म्याराथनमा सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका बिजेता घोषित गरी नगद १ लाख रुपैयाँ पुरस्कार दिईने छ भने सर्वोत्कृष्ट धावक बाहेक पुरुष र महिलातर्फका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशःजनही ५०,३० र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।

यस्तै ताप्लेजुङ, पाँचथर र इलामका सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले जनही क्रमशः१५,१० र ५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन्।

प्रकाशित: ४ आश्विन २०८१ ०८:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App