६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

वडा कार्यालय भएकाे घरमा आगलागी हुँदा ९ लाख बढीको क्षति

बाढी र पहिरोको चपेटा व्यहोरी रहेको ताप्लेजुङमा आगलागीको अर्को दुःखद् घटना पनि भएको छ।

पाथीभरा याङवरक गाउँपालिका वडा नं ५ चाक्सिबोटेका स्थानीयको एक घरमा आगलागी हुँदा करिब साढे ९ लाख रुपैँया बराबरको क्षति भएको छ। वडा कार्यालय समेत भाडामा रहेको स्थानीय मानबहादुर राईको घरमा आगलागी हुँदा ९ लाख ५० हजार रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरीका अनुसार वडा कार्यालय चाक्सिबोटेको करिब ६ लाख ५० हजार रुपैयाँ र राईको ३ लाख रुपैयाँ क्षति भएको छ। वडा कार्यालयको ल्यापटप, प्रिन्टर, फर्निचर साथै महत्वपूर्ण कागजातहरु समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

करिब साढे १० बजेको समय विद्युत् सर्ट भएर आगलागी भएको हो। राईको घरमा वडा कार्यालय कक्ष समेत रहेको थियो। 

प्रकाशित: ६ असार २०७९ ०८:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App