युवा उद्यमी अग्रवाल रहेनन्
युवा उद्यमी मनिष अग्रवालको निधन भएको छ । उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति सभापति अग्रवालको आइतबार निधन भएको हो ।
युवा उद्यमी मनिष अग्रवालको निधन भएको छ । उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति सभापति अग्रवालको आइतबार निधन भएको हो ।
उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग विकास समिति खोटाङले चार उद्यमी पुरस्कृत गरेको छ् । जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवद्र्धन र व्यवसायीकरणमा योगदान पु¥याएकोमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
खोटाङका चार उद्यमी पुरस्कृत भएका छन्। जिल्लाको लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन र व्यवसायीकरणमा योगदान पु-याएको भन्दै उद्योग दिवसको अवसर पारेर घरेलु तथा साना उद्योग बिकास समिति खोटाङले बुधबार सफल उद्यमीलाई पुरस्कृत गरेको हो।
उद्योग मन्त्रालयसँगको सहकार्यमा पोखरा विश्वविद्यालयले उद्यम विकासको अध्यापन सुरु गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा अध्यापन गर्न मन्त्रालय र पोखरा विश्वविद्यालयबीच सम्झौता भएको छ । मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र पोखरा विश्वविद्यालयका डिन प्राध्यापक डा. इन्द्रप्रसाद तिवारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एमबिए सकिएलगत्तै साँगाका निसान चण्डी श्रेष्ठ र उनका दुई दौंतरीको मनमा जागिर खाने कि कुनै व्यवसाय गर्ने भन्ने हुटहुटी चलेको थियो । कारण, साथीसँगीहरु पढाईलगत्तै कहीँ न कहीँको जागिरे भइसकेका थिए ।
गाउँमा पोल्ट्री फर्म सञ्चालन सुरु गर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका २० वर्षीय सुवास राईलाई कसैले पत्याएका थिएनन् । लक्की पोल्ट्री फर्म सञ्चालनका लागि विधिवत दर्ताका लागि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुगेका सुवासलाई उद्योग अधिकृत लोकनाथ खतिवडाले समेत कलिलो उमेरको देखेर विश्वास गरेनन् ।
बुधबार महिला उद्यमी महासंघ, नेपालको नयाँ कार्यसमितिले शपथग्रहण गरेको छ । महासंघको १४औं वार्षिक साधारण सभाबाट शारदा रिजालको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले शपथग्रहण गरेको हो ।
महिला उद्यमी महासंघ, नेपालमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको महासंघको १४ औं वार्षिक साधारण सभाले शारदा रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बुधबार विशेष कार्यक्रम गरेर वर्तमान नेतृत्वले नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गर्नेछ ।
सानै उमेरमा मलाई थाहा भइसकेको थियो, म अध्ययनभन्दा बढी पैसालाई रूचाउँछु । मलाई विद्यालय र त्यहाँ पढाइने पुस्तकसँग कुनै प्रेम छैन भन्ने पहिल्यै थाहा पाइसकेको थिएँ । मलाई त व्यापार र उद्यमशीलतासँग पो प्रेम रै’छ ! यो बुझेर मलाई घरमै उद्यमी बनाउन बनाउने शिक्षा दिन थालियो ।
महिला उद्यमी महासंघ नेपालले महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न औद्यागिक नीति निर्मातासँग एकदिने छलफल गरेको छ। अन्तर्राष्ट्रिय निजी उद्यम केन्द्रको सुझावमा महासंघले राजधानीमा आयोजना गरेको छलफलमा सहभागीहरुले महिला उद्यमीलाई सशक्तिकरण गर्न सरलीकृत कर्जाका साथै प्रभावकारी नीति आवश्यक रहेको बताए।
रौतहटका सञ्चार उद्यमी शम्भु साहले अग्निपीडितलाई आर्थिक सहयोग गरेका छन् । राजदेवी एफएमले विभिन्न दाताहरुबाट संकलन गरेको सहयोग राशि सञ्चार उद्यमी साहले ब्रहमपुरी गाविसको सेढवा टोलका अग्निपीडितलाई जनही एघार हजारको दरले तीनजनालाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल एकमात्र त्यस्तो ठूलो स्थल बनेको छ जहाँ नेपालका विभिन्न कार्यक्रम, विभिन्न प्रदर्शनीलगायत विदेशी वस्तुसमेत बिक्रीका लागि राख्न सकिन्छ । त्यसैले लगभग बाह्रै महिना, प्रत्येक दिनजसो कुनै न कुनै कार्यक्रम यहाँ आयोजना हुनु स्वाभाविकै हो । यस्ता कार्यक्रममा दैनिक एक लाखजनासम्मले अवलोकन गरेका पनि पाइएको छ ।
उद्योग व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यका साथ साना तथा लघु उद्योग र उद्यमशीलता सम्बन्धी नीति बन्ने भएको छ। उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योगी र नयाँ उद्यमी विकास गर्न भन्दै दुई नयाँ नीति बनाउन लागेको हो।
उपराष्ट्रपति नन्दकिशोर पुनले समृद्ध नेपालको परिकल्पना महिला सहभागिताबिना सार्थक नहुने बताएका छन्। समृद्ध नेपालका लागि हरेक क्षेत्रमा महिलाका सहभागिता आवश्यक रहेको भन्दै संविधान कार्यन्वयन समेत महिला सहभागिताबिना पूरा नहुने धारणा राखेका हुन्।
महिलाले उत्पादन गरेका वस्तुको बजार प्रवर्द्धन गर्न दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने भएको छ। महिला उद्यमी महासंघ नेपालले फागुन ३ गतेदेखि पाँचदिने मेला आयोजना गर्न लागेको शुक्रबार राजधानीमा पत्रकार भेटघाट गरी जानकारी गराएको हो।