१ मंसिर २०८१ शनिबार
image/svg+xml

व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ

राष्ट्रिय युवा परिषदले बेरोजगार युवालाई लक्षित गरी व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ निर्ब्याजी  लगानी गर्ने भएको छ। तर, परिषदले व्यक्तिलाई नभई सामूहिक रुपमा संगठित संस्थालाई  लगानी गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए।

महिला उद्यमी महासंघ पुरस्कृत

नेपाल महिला उद्यमी महासंघ (एफविन)ले डेभलपमेन्ट प्रोजेक्ट अवार्ड २०१६ पाएको छ। महासंघले इन्टरनेसनल प्रोजेक्ट म्यानेजमेन्ट एसोसिएसन (आइपिएमए), पोल्यान्डबाट यस वर्षको सर्वोकृष्ट (गोल्ड अवार्ड) पाएको हो।

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघ नेपालको १३औं वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। सभाले भवानी राणाको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो।

'महिला उद्यमीलाई सहुलियत ऋण देउ'

महिला उद्यमीले सहुलियत दरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। सरकारले सहुलियतमा ऋण दिने बताए पनि अहिलेको नियम झन्झटपूर्ण भएकाले सच्चाउनु पर्ने उनीहरुको तर्क छ।

चार उद्यमी सम्मानित

खोटाङका चार उद्यमी सम्मानित भएका छन् । प्रथम उद्योग दिवसको अवसरमा बिहीबार घरेलु तथा साना उद्योग विकास समितिले राडीपाखी व्यावसायी चन्द्रकुमारी गुरुङ, फलफूल प्रशोधन व्यवसायी रामबहादुर राई, मौरीपालक बलराम राई र सिलाइकटाइ व्यवसायी धनसुर परियारलाई सम्मान गरेको हो ।

‘उद्यमशील युवा एशियाको शक्ति’

विश्वमा आज तीन विलियन भन्दा बढी मानिसले इन्टरनेटको प्रयोग गर्छन्। सामाजिक सञ्जालले मानिसलाई एकआपसमा जोडेको छ। दक्षिण एसियाली राष्ट्रमा नयाँ बैकको स्थापनाले बैकल्पिक स्रोत र प्राविधिक सहायतमा सहयोग पुर्‍याएको छ। यसले विकासका संरचना स्थापना र मानिसहरुलाई एक आसपसमा जोड्न सहयोग गर्छ ।

भवानीका उद्यमी भावना

राजधानीको प्रख्यात सेन्टमेरिज स्कुलबाट विद्यालय तहको शिक्षा तथा  भारतको इशाबेना थर्वन कलेजबाट उच्च शिक्षा सकेपछि भवानी राणाका अघिल्तिर दुईटा विकल्प थिए। पहिलो बाटो थियो– जागिर खाने र अर्को बाटो थियो– आफ्नै व्यवसाय केही गर्ने।

महिला उद्यमीको उत्पादन अब इ–कर्मसमा

महिला उद्यमीद्वारा उत्पादित वस्तु प्रवद्र्धन गर्न वेबसाइटको विकास गर्दै इ–कर्मस प्रणालीमा विस्तार गरिएको छ । महिला उद्यमी महासंघ नेपालले सञ्चालनमा ल्याएको सो साइटलाई इन्टरनेटमा विनबिजडटकमडटएनपी मार्फत प्रयोग गर्नसकिने छ । मंगलबार सो साइटको आधिकारिक उद्घाटन भएको हो ।

सबै नेपालीको सरोकार उद्यम: उद्योगमन्त्री जोशी

पाल्पा- उद्योगमन्त्री नविन्द्रराज जोशीले प्रत्येक नेपालीको सरोकारको विषय उद्यमशीलता बन्न सकेमा उद्यमको विकास हुने र देश समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन्।

सञ्चार उद्यमी सिंघानीया हत्यामा संलग्न यादबलाई थुनामा राख्न आदेश

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याका मुख्य अभियुक्त रामविनोद यादबलाई जिल्ला अदालत धनुषाले पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ। जिल्ला न्यायाधीश राजेन्द्रप्रसाद आचार्यको इजालसले मंगलबार यादबलाई थुनामा राख्न आदेश दिएको हो।

सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

किङ्स कलेजले असार १६ र १७ गते सामाजिक उद्यमशीलतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। काठमाडौंमा आयोजना गर्ने उक्त सम्मेलनको तयारी पूरा भएको कलेजले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्