बेंसीसहर–चामे सडक आज २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने
मनाङ जिल्ला जोड्ने एक मात्र बेंसीसहर–चामे सडक आज दिउँसाे २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने भएको छ।
मनाङ जिल्ला जोड्ने एक मात्र बेंसीसहर–चामे सडक आज दिउँसाे २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने भएको छ।
स्वर्गद्वारी आश्रमको मोही जग्गामा एकल स्वामित्वको माग गर्दै आन्दोलनरत किसानसँग सरकारले वार्ता गने भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ असोज ६ गते प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले देशभर तुइन विस्थापित गर्ने निर्णय गरेको थियो।
६ लेन सडकमा स्ट्रिप लाइट जडान भएपछि रंगीन बत्तीहरूको उज्यालोसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी झिलिमिली बनेको छ।
अमेरिकाको न्युयोर्क सहरवरपर छरिएर बसेका हिमाली आप्रवासीको कथामाथि बनेको वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’को नेपाल प्रिमियर भएको छ।
पर्यटकीय गन्तव्य नै गन्तव्यले भरिएको पोखरामा अर्को एउटा पर्यटकीय गन्तव्य थपिएको छ– झन्डापार्क।
जिल्लामा चैत–वैशाखतिर फुल्ने लालीगुराँस जलावायु परिवर्तनको मुख्य कारणले माघमै फुलेको उजको भनाइ छ। यस वर्ष माघको पहिलो हप्ताबाटै लालीगुराँस फुल्न थालेको बताइएको छ।
घरमा खाने कुरा पकाउँदाको झन्झटले गर्दा त्यहाँ सस्तो पत्रुखाना खाने रहेछन्। अमेरिकाका स्कुलहरूमा पनि खाजा दिँदा त्यसरी नै पत्रुखान नै दिने गरिँदोरहेछ।
धरहरा क्षेत्रमा खुला गरिएको पार्किङ एक महिनाका लागि भए पनि बन्द गर्न आग्रह गर्दै सहरी विकास मन्त्रालयले पठाएका दुईवटै चिठीको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जवाफ दिन इन्कार गरेका छन्।
धरहरा क्षेत्रमा खुलाइएको पार्किङको विषयले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयबीच टकराव सुरु भएको छ। आठ दिनअघि सञ्चालनमा ल्याइएको सो पार्किङलाई लिएर अहिले स्थानीय सरकार र संघीय सरकार आमनेसामने भएका हुन्।
महानगरले न्यूरोडमा सवारी प्रवेश निषेध गरेपछि त्यहाँका सवारी साधनलाई धरहरा मुनीको पार्किङ स्थलमा राख्ने व्यवस्था गरेको थियो।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले छोराहरूका लागि बनाएको सय वर्ष पुरानो श्रीमहल भूत महल जस्ताे देखिएको छ।
इन्जिनियर (शाखा अधिकृत सरह) अथवा सब इन्जिनियर (नायब सुब्बा सरह) जानु पर्ने एक कार्यक्रममा सहरी विकास मन्त्रालयका ६ जना सहसचिव एकै पटक जापान भ्रमण गएका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१९ का अशोक राउत र वडा नम्बर ७ का मियाज अलि रहेको धनुषा प्रहरीका प्रवक्ता एव डिएसपी रञ्जन अवाले बताए।
नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङमा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।