‘मत्स्यनारायण मेला’ आजदेखि सुरु
काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ। तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास) मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ। तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास) मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ।
मध्यपुरथिमि नगरपालिकाले शनिबार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एकदिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’मा ५० जनाले रोजगारी पाएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ। धुलिखेलस्थित शिखलापुर बाँसुरी धे-धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी गराएका छन्।
भक्तपुरको सूर्य विनायकमा भोलि शुक्रवारदेखि सूर्य विनायक घरेलु,कृषि तथा पर्यटन मेला २०८० हुने भएको छ।मेला सूर्य विनायक नगरपालिका वडा नं ८ आदर्शस्थित सूर्य विनायक हरित कृषि थोक बजारमा हुने छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा असार १६ गते शनिबार एक दिने रोजगार मेला हुने भएको छ। मध्यपुर थिमि नगरपालिकाकै आदर्श माध्यमिक विद्यालय सानो ठिमीमा मेला हुन लागेको हो।
बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका(८ स्थित लायकु मञ्चमा यही जेठ २६ र २७ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिब ६ सय रोजगारीको अवसर खुला गरेका थिए।
जुम्लाको हिमा गाउँपालिकाले दुई दिने पढाइ मेला सम्पन्न गरेको छ। गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले पालिकास्तरीय पढाइ मेला आयोजना गरेको थियो।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार विशेष समारोहका बीच उद्घाटन गरे।
अनुसन्धानमूलक कानूनी शिक्षा अध्ययन–अध्यापन गराउने क्याम्पस काठमाडौँ स्कुल अफ लले दुई दिने भाषा, साहित्य तथा संस्कृति मेला २०८० आज सम्पन्न गरेको छ।‘
बडीमालिका नगरपालिका ७ ले उत्पादन बस्तुभाउ र सामानको प्रर्दशनी गरेको छ।वडामा उत्पादन भएका कृषीजन्य र पशुपन्छी तथा स्थानीय उद्यमबाट उत्पादीत सामाग्रीको प्रर्दशनी गरेको हो।
अठारौँ अन्तर्राष्ट्रिय युवा मेला ‘घुमर’मा सहभागी ललितपुर डीएभी कलेजका १८ जना विद्यार्थीले ११ विधामा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गरेका छन्।
इलाम सदरमुकामको ठूलो टुँडिखेलमा चलिरहेको मेलामा ठेलमठेल हुँदा ठूलो संख्याका मानिस घाइते भएका छन्। इलाम अस्पतालमा उपचाररत १५ घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले बाहिर रेफर गरिएको छ।