७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

बनेपामा ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ हुने

बनेपा र पनौती नगरपालिकाको संयुक्त आयोजनामा बनेपा नगरपालिका(८ स्थित लायकु मञ्चमा यही जेठ २६ र २७ गते वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला आयोजना हुने भएको छ।

रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।रोजागरीको खोजीमा रहेका युवालाई दिशानिर्देश गर्न मेला सहयोगी हुने पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बताए।

‘स्वरोजगार बनाउने उद्देश्यले तालिमका लागि सार्वजनिक सूचना गर्दा पनि कोटा अनुसार आवेदन नपर्ने अवस्था छ, यस्तो अवस्थामा मेला युवाको चाहना बुझ्ने अवसर  पनि हुनेमा विश्वास लिएका छौँ’, उनले भने।

बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले मेलाले धेरै युवालाई रोजगारको मार्गमा डोर्‍याउन सहजीकरण गर्ने दाबी गरे। मेलामा धेरैभन्दा धेरै सहभागिताका लागि उनले आग्रह समेत गरे।

मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिबीच सम्बन्ध बिस्तार हुने अपेक्षा लिइएको छ।मेलामा सरोकारवाला र उद्योगीलाई स्टल बुकिङ गर्नका लागि पनौती र बनेपा नगरपालिका अन्तर्गतका शिक्षा, युवा तथा खेलकुद शाखामा सम्पर्क गर्नका लागि आह्वान गरिएको छ ।

प्रकाशित: १९ जेष्ठ २०८० १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App