२ पुस २०८१ मंगलबार
image/svg+xml

त्रियुगा नगरपालिकाको खर्च ४२ प्रतिशत

वैशाख लाग्दासम्म त्रियुगा नगरपालिकाको जम्माजम्मी खर्च प्रतिशत ४२ हाराहारी छ। चालुतर्फ चैत मसान्तसम्म ५८.७४ प्रतिशत खर्च गरेको नगरपालिकाको पुँजीगततर्फ २७ प्रतिशत मात्र खर्च भएको आँकडा लेखा शाखाले दिएको छ। लेखा अधिकृत विनया बस्नेतका अनुसार चालुतर्फ कर्मचारी तलब भत्तादेखि शिक्षा, स्वास्थ्य, बिभिन्न तालिम गोष्ठी र भ्रमणलगायत शीर्षक खर्च समेटिन्छ।

नाैं महिनामा त्रियुगा नगरको राजश्व ६४ प्रतिशत

उदयपुरको त्रियुगा नगरपालिकाले चालु वर्षको राजश्व संकलन उत्साहजनक रुपमा भईरहेको जनाएको छ। कोभिड कहरले थलिएको अर्थतन्त्रमा पनि नगरपालिकाले चालु आर्थिक वर्ष उत्साहजनक रुपमा राजश्व संकलन भएको जनाएको छ ।

त्रियुगाको शिवाई पुल यसैवर्ष सकिने

दशकअघि सुरु भए पनि अहिलेसम्म नबनेको उदयपुरको शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पक्की मोटरेबल पुल यसैवर्ष बनाईसक्ने गरी काम भईरहेको छ।

‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा

सदरमुकाममा जारी ‘प्रथम त्रियुगा खेलकुद महोत्सव ०७७’ अन्तिम चरणमा पुगेको छ । गएको फागुन २३ गते सुरु भएर चैत २ गते समापन हुँने महोत्सवमा फुटबलतर्फ त्रियुगा ८ र १० फाईनलमा प्रवेश गरेका छन् ।

त्रियुगा खेलकुद महोत्सव २०७७ः फुटबलमा ६ टिम सेमिफाईनल प्रवेश

उदयपुर सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ का ८ मध्ये मंगलबारसम्म ५ बिधाको खेल सकिएको छ। दोस्रो दिनदेखि सुरु व्याडमिन्टन मंगलबार सकिएको छ भने अन्य ४ खेल सोमबार नै सम्पन्न भईसकेको छ।

त्रियुगा खेलकुद महोत्सव २०७७ः दोस्रो दिन कराँते, तेक्वान्दो र बक्सिङ सम्पन्न

उदयपुर सदरमुकाम गाईघाटमा अघिल्लो दिनदेखि जारी ‘त्रियुगा नगरस्तरीय खेलकुद महोत्सव २०७७’ का ८ मध्ये बिभिन्न ४ विधाको खेल सकिएको छ। आईतबार उद्घाटनका दिन साईक्लिङको प्रतिस्पर्धा सकिएको हो भने दोस्रो दिन सोमबार कराँते, तेक्वान्दो र बक्सिङको प्रतिस्पर्धा पनि सकिएको छ।

समृद्ध र हरित त्रियुगा अभियान सुरु

त्रियुगा नगरपालिकाको ‘हरित नगर अभियान’ कार्यक्रमअन्तर्गत बिहीबार १० हजार बिरुवा रोपिएको छ । ‘स्वस्थ, शिक्षित र उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी र समृद्ध त्रियुगा नगर’ भन्ने नाराका साथ नगरपालिकाका सबै वडामा बिरुवा रोप्ने अभियानस्वरुप वडा नं १२ को विसनपुरमा बिहीबार विभिन्न जातका १० बिरुवा रोपिएको हो ।

त्रियुगा खानेपानीद्वारा वैशाखको महसुल र ३ महिनाको जरिवाना छुट

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था)ले कोरोना भाईरस (कोभिड–१९) को कहर खेप्न बाध्य उपभोक्तालाई वैशाख महिनाको महसुल छुट दिने निर्णय गरेको छ । सदरमुकाममा खानेपानी सेवा दिँदै आएको संस्थाले लकडाउन अवधिमा उपभोक्तालाई परेको मारमा सहयोग पुगोस् भन्ने उदेश्यले वैशाखको महसुल नलिने निर्णय गरेको हो ।

व्यापारीसँग कोठा भाडा नलिन घरधनीलाई आग्रह

उदयपुर सदरमुकाम त्रियुगा नगरपालिकाले चैतदेखि असारसम्मको घरबहाल कर नलिने निर्णय गरेको छ । नगरपालिकाले कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण चैत ११ देखि सुरु लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णयसँगै व्यापारी व्यवसायीलाई राहतस्वरुप ४ महिनाको घरबहाल कर नलिने निर्णय गरेको हो ।

त्रियुगामा ५० हजार पर्यटक भित्र्याउने तयारी

उदयपुरको त्रियुगा नगरपालिकाले ‘पर्यटन वर्ष २०२०’ लाई सफल पार्न बिबिध कार्यक्रम गर्ने तयारी गरेको छ। सरकारले घोषणा गरेको भ्रमण वर्षमा त्रियुगामा ५० हजार पर्यटक भित्र्याउने गरी बिभिन्न कार्यक्रम गर्न लागेको नगरपालिकाले जनाएको छ।

त्रियुगा नदीमा एक महिला मृत फेला

उयदपुरकी एक महिला नदी किनारमा मृत भेटिएकी छन्। त्रियुगा नगरपालिका १२ बोटेटोलकी ३३ वर्षीया सुन्तली बोटे त्रियुगा र बरुवा खोला किनारमा आइतबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ।

ससुराली हिडेका विकको त्रियुगामा डुबेर मृत्यु

उदयपुरस्थित ससुराली आउने क्रममा खोटाङका एक व्यक्तिको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका ९ स्थित ससुराली आउँदै गरेका खोटाङ सावामझुवा गाउँपालिका ६ का ४० वर्षीय सुबास विकको त्रियुगा तर्ने क्रममा डुबेर मृत्यु भएको हो।

त्रियुगाले बगाएर वृद्धको मृत्यु

उदयपुरको त्रियुगा नदीमा डुबेर सोमबार एक वृद्धको मृत्यु भएको छ। जिल्लाको चौदण्डीगढी नगरपालिका–९ का ६५ वर्षीय राजाराम विकको नदी तर्ने क्रममा त्रियुगामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्