९ मंसिर २०८१ आइतबार
image/svg+xml

पोर्टफोलियोको आकर्षण

साधारणतः व्यक्ति वा संस्थाले विभिन्न क्षेत्रमा गर्ने लगानीलाई पोर्टफोलियो भनिन्छ । लगानीकर्ताले विभिन्न क्षेत्रका कम्पनीको सेयरमा गर्ने लगानीलाई इक्विटी पोर्टफोलियो भनिन्छ ।

सुत्केरी भैंसीका लागि सुरक्षा भत्ता,पशुपालनमा आकर्षण बढाइने

सुत्केरी भैंसीको पोषण सुरक्षाका लागि बडिमालिका नगरपालिकाले सुत्केरी भत्ता कार्यक्रम ल्याएको छ। किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षण गर्न र उचित दाना पानीको व्यवस्थापन गरी दुध उत्पादनमा वृद्धी गर्न सुरक्षा भत्ता कार्यक्रम ल्याएको हो।

नेपाली जुतामा उपभोक्ताको आकर्षण

फुटवेयर बिजनेस एक्स्पो–२०७४ माअवलोकनकर्ताको भीड लागेको छ । काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनअफ नेपालको आयोजना र नेपाली जुत्ताघरको सहआयोजनामा सुरु भएको मेला २८ गतेसम्म चल्ने छ।

सूर्यमुखीफूलको खेतीमा कृषकको आकर्षण बढ्दो

पाल्पा बगनासकाली गाउँपालिकाका कृषक यतिखेर सूर्यमुखीफूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखीफूल लगाएर राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका कृषकमा यसको खेतीप्रति आकर्षण बढ्दो छ। सूर्यमुखीफूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने हुँदा कृषकले यसको व्यावसायिक रुपमा खेती गर्न थालेका हुन्।

‘स्केट’मा युवा आकर्षण

कोटेश्वरस्थित ग्रामीण कलेज कक्षा ११ मा अध्ययनरत सन्दीप शाह ठकुरी दिनमा दुई घन्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद् पुग्छन् ।

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ।

क्यान इन्फोटेकमा युवापुस्ताको आकर्षण (फोटो/भिडियो)

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको महामेलाका रुपमा लिइने क्यान इन्फोटेक अवलोकन गर्नेमा युवा वर्ग अग्रपंतीमा आउँछ। सुबिसु क्यान इन्फोटेक–२०१८ माघ १६ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ।

संस्कृतमा विदेशी आकर्षण

नेपालमा संस्कृत विषयको पठनपाठन उपेक्षित भइरहेको समयमा विदेशीले भने यहाँ संस्कृत माध्यममा पठनपाठन हुने विभिन्न विषयको पाठ्यक्रम उत्कृष्ट भएको बताएका छन् । उनीहरुको संस्कृत अध्ययनको पहिलो रोजाइ नेपाल बन्न थालेको छ ।

अल्लो कपडा उत्पादनमा ग्रामिण महिलाको आकर्षण

जिल्लाको उच्चपहाडी जंगलमा पाईने र प्रशोधन गरि धागो निकालेर कपडा बनाएर महँगो मुल्यमा बिक्री गर्न सकिने अल्लोको प्रशोधन गर्ने काम प्रति ग्रामिण महिलाको आकर्षण बढ्न थालेको छ।

व्यापार र लगानी आकर्षण गर्न

महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?  यहाँ हामीले पाँचौपटक महोत्सव आयोजना गरिएको छ । यहाँको कृषि र घरेलु उत्पादनलाई प्रचार गर्न चाहान्छौं । स्थानीय उत्पादन हातेकागज, अल्लोको धागो, सिस्नुको पाउडर, तारखोला, ढोरपाटनको आलुको बजार प्रवद्र्धन गर्दैछौं ।

बुटिकको बढ्दो आकर्षण

पछिल्लो समय बुटिकमा किनमेल गर्नेको संख्या बढेको छ । बुटिकमा विशेष किसिमका डिजाइन पहिरन पाइने आशामा फेसनप्रति चनाखो पुस्ताले बुटिकमा आँखा लगाउन थालेको छ । चाडपर्व तथा बिहेको याममा यस्ता बुटिक बढी व्यस्त देखिन्छन् । काठमाडौँको दरबारमार्ग, ललितपुरको कुपण्डोल लगायतका स्थानमा यस्ता बुटिक ह्वात्तै बढेका छन् । त्यसो त स–सानो लगानीमा अन्यत्र पनि बुटिक खुल्ने क्रम जारी छ ।

पत्रकारितामा महिलाको आकर्षण बढ्दो

जिल्लामा सञ्चारगृहको वृद्धि भए सँगै पत्रकारीतामा महिलाहरूको आर्कषण बढेको छ । यहाँ रहेको रेडियो मेन्छ्यायेमले सञ्चालन गरेको आधारभूत पत्रकारिता तालिममा ३० जना सहभागी मध्ये २७ जना महिलाहरूको सहभागीता रहेपछि पत्रकारितामा महिलाको आकर्षण बढेको पाइएको हो ।

बाली विज्ञानमा विद्यार्थीको आकर्षण

खोटाङ सदरमुकाम दिक्तेलस्थित पञ्च माबिमा सुरु गरिएको बाली विज्ञान विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ।

विद्यार्थीको आकर्षण व्यवस्थापन र आइटीमा

नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको 'हेराल्ड कलेज नागरिक दैनिक एजुकेसन करिअर फेयर १७' मा मेलाको पहिलो दिन विद्यार्थीको घुइँचो नै लाग्यो। मेलाका २५ वटा स्टल अवलोकन गर्दै विद्यार्थीले आफ्नो करिअर अघि बढ्ने विषयबारे विस्तृत जानकारी लिइरहेका भेटिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्