२३ असार २०८१ आइतबार
image/svg+xml

नेपालगन्ज आइसिपीको काम २० प्रतिशत

नेपालगन्ज नाकामा निर्माणाधीन आइसिपी (एकीकृत भन्सार जाँच चौकी) को काम अहिलेसम्म २० प्रतिशत सकिएको छ।

गार्डेन मार्ट नेपालगन्जमा पनि

भक्तपुरमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बाँकेको नेपालगन्जमा ‘गार्डेन मार्ट’को १४औं शाखा सञ्चालनमा ल्याएको छ।

नेपालगन्जमा बुद्ध एयरको जहाजसँग स्याल ठोक्कियो

काठमाडौंंबाट नेपालगन्ज आएको बुद्ध एयरको जहाजसँग स्याल ठोकिएको छ। नेपालगन्ज विमानस्थलमा अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला बुधबार बेलुका सवा ७ बजेतिर ‘एटिआर ७२’ जहाजसँग स्याल ठोकिएको हो।

नेपालगन्ज उपमहानगर सभापतिमा विष्टको प्यानल विजयी

बाँकेका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म संस्थापन पक्षले ४ र संस्थापन इतर पक्षले २ पालिका जितेको छ।

इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

मुस्लिम समुदायका ठूला पर्वहरु पनि हिन्दू समुदायले मनाउने गर्छन्। पहाडी, मधेसी, हिन्दू, मुस्लिमलगायतका धार्मिक विविधता भएको नेपालगन्जलाई सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भावको सहर पनि भनिन्छ।

नेपालगन्ज विमानस्थलभित्रको झाडी र बुट्यान सरसफाइ

नेपालगन्ज विमानस्थलभित्र रहेको रनवे वरिपरिको झाडी र बुट्यान सरसफाइ सुरु गरिएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९ एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बँदेल एकैपटक ठोकिएको थियो।

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भीर लापर्बाही: जहाजसँग पटकपटक ठोकिन्छन् वन्यजन्तु

केही दिनअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो। जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो। उक्त घटना भने सार्वजनिक भएन।

जहाजसँग बदेल ठोक्किएर अवरुद्ध बनेको विमानस्थल सञ्चालनमा

जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बदेल टुक्रा–टुक्रा परेको अवस्थामा फेला परेका थिए। बदेलको मासु धावन मार्गभरी छरिएका कारण बिहान पानीले धोएर सफा गरिएको विमानस्थल कार्यालय प्रहरी इन्चार्ज, एवम् प्रहरी नायव निरीक्षक (सई) सन्तोष शाहले बताए।

नेपालगन्ज विमानस्थलमा बँदेल आतंक, सिता एयरको जहाजमा ठोक्किए तीनवटा बँदेल

सिता एयरको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

कोरोना बीमा माग गर्दै उच्च अदालत नेपालगन्ज इजलासमा रिट दायर

कोरोना भाइरस(कोभिड–१९)बाट पोजेटिभ भएका व्यक्तिलाई बीमा रकम दिनुपर्ने मागसहित उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ता सुनिल श्रेष्ठ, विकास आचार्य, लोकबहादुर शाह, बसन्त गौतम, विश्वजित तिवारी, बलबहादुर चन्द र इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगन्ज शाखा समेतलाई विपक्षी बनाएर सोमबार रिट निवेदन दायर गरेका हुन्।

नेपालगन्ज नाकाबाट ब्राउन सुगरसहित दुई पक्राउ

नेपालगन्जस्थित जमुनाहा नाकाबाट ३ ग्राम २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

धवलका चार बर्षे यात्रा समीक्षा: चुनावी एजेण्डामा चुक्दै

नागरिकलेयतिबेला ठूल्ठूला राजनीतिक विकास र ठूलो परियोजनाहरुको अपेक्षा गरेका छैनन्। नागरिकले सामान्य दैनिक निर्वाहदेखि सुरक्षित बसोबासको आश गरेको चार वर्ष पुगिसक्यो। अवस्था जहाँको तहीँ।

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणबाट बाँकेमा थप एक जना महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा शुक्रबार राति जोशिपुर गाउँपालिका–७, कैलालीकी ४९ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

काल बन्दै ‘जत्काल’

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १७ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन्। यस्तै यो तथ्यांक आव २०७६/७७ मा बढेर १९ जनामा पुगेको छ। आवि २०७६/७७ भन्दा ४ जना बढी सुत्केरीले २०७७/७८ मा ज्यान गुमाएका छन्।

शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु: आफन्तले बुझ्न मानेनन् शव

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्