१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालगन्ज नाकाबाट ब्राउन सुगरसहित दुई पक्राउ

ब्राउनसुगरसहित पक्राउ परेका अभियुक्त।

नेपालगन्जस्थित जमुनाहा नाकाबाट ३ ग्राम २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहास्थित प्रहरी चेकपोष्टबाट शुक्रबार अपरान्ह करिव ५ बजेतिर दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी २२ वर्षका प्रकाश बिक र सोही ठाउँ बस्ने २६ वर्षका समिर बिक पक्राउ परेका हुन्।  

इलाका प्रहरी कार्यालय जमुनाहा र  लागु औषध नियन्त्रण ब्यूरो टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए।

उनीहरुको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने कालो प्लाष्टिकमा बेरेर राखेको ३ ग्राम २ सय ५० मि.ग्रा. धुलो पदार्ध बरामद गरिएको र उनीहरु विरुद्ध आवश्यक अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित: १२ कार्तिक २०७८ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App