५ आश्विन २०८१ शनिबार
image/svg+xml

मिर्चैयामा बम विस्फोट,बिस्फोटको जिम्मा गोइतले लिए

सिरहा जिल्लाको मिर्चैयास्थित शीला पेट्रोल पम्प अगाडि बिहीबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको छ। बिहान गराइएको उक्त कुकर बम बिस्फोटबाट कुनै क्षति नभएको सिरहा प्रहरी प्रमुख (एसपी) शेखर कोइरालाले जानकारी दिएका छन्।

भारतीय आतंकवादीबाट सयौं केजी विस्फोट पदार्थ नेपाल आपूर्ति

प्रहरीले पछिल्लो केही महिनायता भारतको पश्चिम बंगालबाट महिनैपिच्छे सयाैं केजी बम बनाउने सामाग्री भित्रने गरेको खुलासा गरेको छ। प्रहरीको विशेष ब्युरोको अप्रेसनमा सिलगुडीबाट झापा हुँदै संखुवासभाको खादबाँरीमा सयौं किलोग्राम बम बनाउन प्रयोग हुने बिस्फोटक पर्दाथ भित्रि रहेको खुलासा गरेको हो।

बाराको सिमरास्थित एक घरमा विस्फोट, एक घाइते

बारा जिल्लाको गढिमाइ नगरपालिका–१ सिमरास्थित एक घरमा विस्फोट हुँदा एक जना घाइते भएका छन्। बम वा कुन वस्तु विस्फोट भएको हो भन्ने एकिन भइ नसकेको भए पनि विस्फोटबाट महेनद्रनगर पिलुवाका गोपिलाल श्रेष्ठको देब्रे हातमा गम्भीर चोट लागेको सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले बताएका छन्।

विस्फोटक पदार्थ नपाउँदा कान्ति लोकमार्ग सुस्त

विस्फोटक पदार्थ नपाएकाले राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक छोटो मार्ग कान्ति लोकपथ निर्माणमा ढिलाइ भैरहेको छ। कान्ति राजपथ सडक विस्तार आयोजनालाई सेनाले समयमै विस्फोटक पदार्थ उपलब्ध नगराउँदा निर्माणमा ढिलाइ भइरहेको हो।

विश्वकप छनौट खेलमा कार बम विस्फोट प्रयास

साउदी अरेबियाका सरकारी अधिकारीहरुले एक अन्तराष्ट्रिय फुटबल खेलका दौरान गरिएको कार बम विस्फोटको प्रयास विफल पारेको दाबी गरेका छन्।

हेटाैंडामा ग्यास सिलिन्डर विस्फोट, ७० जना घाइते

बुधबार दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयमा रहेका कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन् ।

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उदघोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। मंगोल मुलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता र हातहतियार बरामद भएपछि पार्टीका नाममा देशभर हुने सम्भावित क्रियाकलाप रोकिएको प्रहरीले दाबी गरेको छ।

ठूलो परिमाणको विस्फोटक पदार्थ नष्ट

कैलाली जिल्लाको सीमा क्षेत्रबाट प्रहरी टोलीद्वारा बरामद गरिएका करिब रु एक लाख मूल्य बराबरको एक क्विन्टल विस्फोटक पदार्थ एवम् पटाका आज यहाँ नष्ट गरिएको छ ।

राजधानीका विद्यालयमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

प्रहरीले असोज ४ गते उपत्यकाका नौ बिद्यालयमा बम राख्ने संगठनका मुख्य योजनाकारलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले माओवादी कम्युनिष्ट केन्द्रका महासचिव महासचिव केशव दाहाल उर्फ प्रकाश तथा विद्यार्थी संगठनका मीन देवकोटा भन्ने विनोद थापालाई पक्राउ गरेको छ। उनीहरु विद्यालय बम विस्फोट काण्डका योजनाकार हुन्।

जर्मनीमा रसायनिक प्लान्ट विस्फोट, केही मानिस बेपत्ता र कैयौँ घाइते

फ्रान्कफर्ट(जर्मनी)- पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित एक रसायन उत्पादन गर्ने प्लान्ट विस्फोट हुँदा केही मानिस हराएका र केही घाइते भएको वास्फ कम्पनीले जनाएको छ।

जापानमा ज्वालामुखी विस्फोट

टोक्यो- दक्षिणी जापानको क्युशु द्विपमा अवस्थित आसोपर्वत श्रृङ्खलामा गतः मध्यरात पछि ज्वालामुखी विस्फोटन भएको जापानी जलवायु विज्ञान समितिले जनाएको छ।

मस्जिदमा विस्फोट, १६ को मृत्यु

पेसावर- पाकिस्तानको उत्तरपश्चिममा आदिवासी समुदायको बसोबास रहेको एक बस्तीमा रहेको मस्जिदमा आत्मघाती विस्फोटनमा परी कम्तिमा १६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ।

९ केजी विस्फोटक पदार्थ र १८ थान गाेली बरामद

धनगढी—धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ। उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्धक र साढे नौ किलो सोडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

फिलिपिन्समा बम विस्फोट १२ जनाको मृत्यु

फिलिपिन्सको दक्षिणी डावाओ सहरमा बम फिस्फोट हुदाँ १२ जनको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

यमनमा आत्मघाती बम विस्फोट, ४० को मृत्यु

यमनको दक्षिणी सहर एडेनमा भएको एक आत्मघाती बम विस्फोटनमा परि ४० जना भन्दा बढिको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्