५ आश्विन २०८१ शनिबार
image/svg+xml

ब्रसेल्सको अपराध अनुसन्धान ल्याबमा बम विस्फोट

ब्रसेल्स– बेल्जियमको राजधानी ब्रसेल्समा रहेको ब्रसेल्स इन्सिच्युट अफ क्रिमिनोलोजीमा बम विस्फोट भएको छ। उक्त विस्फोटमा परि कुनै मानवीय हताहातीको खबर नआएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

बम विस्फोट गराउने १२ देखि १४ वर्षीय बालक

टर्कीको एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले जानकारी दिएका छन्।

विवाह समारोहनजिक बम विस्फोट हुँदा ३० को मृत्यु

टर्कीको दक्षिणी सहर गाजिआनटेपको एक विवाह समारोहनजिक भएको बम विस्फोटमा परी ३० जनाको मृत्यु भएको छ। उक्त सहरमा चलिरहेको एक विवाह समारोहमा आत्मघाति बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

थाइल्याण्डमा शृखलाबद्ध बम विस्फोट

बैंकक–थाइल्याण्डमा अज्ञात समुहले गरेको श्रृखलाबद्ध विस्फोटमा परी २ जनाको मृत्यु हुनुका साथै १९ जना पर्यटक घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। थाइल्याणको विभिन्न ३ शहरमा १२ घण्टाको अन्तरालमा छुट्टाछुट्टै आठ बम विस्फोटमा गराइएको थियो।

थाइल्याण्डको एक रिसोर्टमा बम विस्फोट

थाइल्याण्डको एक चर्चित रिसोर्टमा गराइएको छुट्टाछुट्टै बम विस्फोटमा परी एक महिलाको मृत्यु भएको छ। १९ जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

पाकिस्तान अस्पतालमा विस्फोट ४० को मृत्यु

दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालमा भएको भीषण बम विस्फोटमा परी कम्तीमा ४० व्यक्तिको मृत्यु भएको समाचार छ । यस विस्फोटमा परी अन्य दर्जनौ व्यक्ति घाइते भएका छन् ।

रियो ओलम्पिक खेलस्थल नजिक बम विस्फोट

यो ओलम्पिक २०१६ को पहिलो दिन साइकलिङ ट्रयाकको फिनसङ लाइन नजिकै बम विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलीयन अधिकारीले बम विस्फोटमा परी कुनै मानवीय क्षति नभएको बताएका छन् । उनीहरुले बम कसले र किन विस्फोट गरायो भन्ने पुष्टि नभएको बताए।

सिरियामा आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु

सिरियाको उत्तरी सहर क्वामिस्लिमा बुधबार भएको आत्मघाती बम विस्फोटमा परी ४४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यले जनाएका छन्।

अफगानिस्तानमा आत्मघाती विस्फोट, ८० को मृत्यु

काबुल–अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको आत्मघाती बम विस्टफोटमा मर्नेहरुको संख्या ८० पुगेको छ। २ सय जना भन्दा बढी घाइते भएका छन्।

साउदीमा २४ घण्टामा तीन आत्मघाती विस्फोट

उदी अरेवियामा बितेको २४ घण्टामा तीन सहरमा शृंखलाबद्ध आत्मघाती बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। आत्मघाती विस्फोटका तीन घटना मध्य दुई वटा असफल प्रयास भएका थिए। तेस्रो आक्रमणमा भने चार जना मारिएका छन्। तीनवटै आक्रमण साउदी र पश्चिमेली सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको थियो।

जिविस सिरहामा बम विस्फोट गराउने चार वर्षपछि पक्राउ

लहान—जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई विगत चार वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ।

अमेरिकी दूतवास नजिक आत्मघाती विस्फोट

साउदी अरेवियाको जिद्दा शहर नजिक रहेको अमेरिकी वाणिज्य दूतवास नजिकै आत्मघाती विस्फोट गराइएको छ। साउदी सरकारले मंगलबार एक विज्ञप्ति जारी गर्दै विस्फोटको जानकारी दिएको हो ।

आत्मघाती कार बम विस्फोटमा १२५ को मृत्यु

बगदाद— इराकको राजधानी बगदामा भएको बम हमलामा मारिनेको संख्या १२५ पुगेको छ। हमलाको जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेटले लिएको छ। शनिबार कराडास्थित अति व्यस्त सहरकाबीच एउटा आत्मघाती कार विस्फोट गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

बग्दादमा आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु

इराकको राजधानी बग्दादमा भएको दुई छुट्टा छुट्टै आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी मानिस घाइते भएका छन्।

काबुलमा फेरि अर्को आत्मघाती विस्फोट, ४० को मृत्यु

फगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी ४० प्रहरी जवानको मुत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्