१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रियो ओलम्पिक खेलस्थल नजिक बम विस्फोट

रियो दि जेनेरियो –रियो ओलम्पिक २०१६ को पहिलो दिन साइकलिङ ट्रयाकको फिनसङ लाइन नजिकै बम विस्फोट भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलीयन अधिकारीले बम विस्फोटमा परी कुनै मानवीय क्षति नभएको बताएका छन् । उनीहरुले बम कसले र किन विस्फोट गरायो भन्ने पुष्टि नभएको बताए।

यस्तै न्युजल्याडको ओलम्पिक टोली रहेको स्थान नजिकै गोली चलेको छ। संचार माध्यमले बम विस्फोट लगत्तै गोली चलेको बताएका छन्। ब्राजिली अधिकारीले भने बम विस्फोटपछि कुनै सैनिक जवानले अन्जानवश गोली चलाएको हुन सक्ने बताएका छन्। यस बारेमा थप अनुसन्धान भइरहेको पनि उनीहरुले बताएका छन्।

 

प्रकाशित: २३ श्रावण २०७३ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App