१९ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

थाइल्याण्डमा शृखलाबद्ध बम विस्फोट

बैंकक–थाइल्याण्डमा अज्ञात समुहले गरेको श्रृखलाबद्ध विस्फोटमा परी २ जनाको मृत्यु हुनुका साथै १९ जना पर्यटक घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। थाइल्याणको विभिन्न ३ शहरमा १२ घण्टाको अन्तरालमा छुट्टाछुट्टै आठ बम विस्फोटमा गराइएको थियो।

घाइते हुनेमा अधिकाशं पर्यटकहरु रहेका छन्। यसअघि बैंककस्थित ह्वा हिन रिसोर्टमा आधा घण्टाको फरकमा दुई छुट्टा–छुट्टै विस्फोट गराइएको थियो। रिसोर्टको गमलामा राखेर मोवाइलमार्फत उक्त विस्फोट गराइएको थाइ अधिकारीहरुले जनाएका छन्।

हालसम्म उक्त विस्फोटको जिम्मा कुनै समुहले लिएको छैन। थाइ अधिकारीहरुले यस घटनाको छानविन गरिरहेको र घटनाबारे थप क्षतिको विवरण नआएको बताएका छन्।

 

प्रकाशित: २८ श्रावण २०७३ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App