२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बाराको सिमरास्थित एक घरमा विस्फोट, एक घाइते

काठमाडौं– बारा जिल्लाको गढिमाइ नगरपालिका–१ सिमरास्थित एक घरमा विस्फोट हुँदा एक जना घाइते भएका छन्। बम वा कुन वस्तु विस्फोट भएको हो भन्ने एकिन भइ नसकेको भए पनि विस्फोटबाट महेनद्रनगर पिलुवाका गोपिलाल श्रेष्ठको देब्रे हातमा गम्भीर चोट लागेको सिमराका प्रहरी निरीक्षक गोविन्द कार्कीले बताएका छन्।

पिलुवाबाट आएका श्रेष्ठ स्थानीय शंकर लामाको घरको एउटा कोठामा बसेर खाना खान लाग्दा उक्त विस्फोट भएको उनले बताए। कोठामा खैरो झोला रहेकोले उक्त झोलामा विफोटक पदार्थ हुन सक्ने आशंकाले प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई पनि घटना स्थलमा सहयोगका लागि बोलाएको उनले जानकारी दिए।

‘घटनाबारे अनुसन्धान भइरहेको छ, केही समयपछि तथ्य खुल्न सक्छ,’ प्रहरी निरीक्षक कार्कीले भने। घरधनी शंकर लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७३ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App