४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काबुलमा एम्बुलेन्स बम विस्फोट : ९५ को मृत्यु, १५८ घाइते

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ। साथै यसमा परी १५८ जना घाइते भएका छन्। यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ।

नगर प्रमुखको घर परिसरमा बम विस्फोट

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ।

पपुवा न्यू गिनीमा ज्वालामुखी विस्फोट

कैयौं सक्रिय ज्वालामुखीहरू रहेको पपुवा न्यू गिनीमा आइतबार फेरि शक्तिशाली ज्वालामुखी निस्किएको खबर छ। वैज्ञानिकहरूले यहाँको ज्वालामुखीबाट ठूलो परिमाणमा विषाक्त सल्फर डाइअक्साइड निस्केको बताएपछि उक्त क्षेत्र वरपरका वासिन्दालाई त्यहाँबाट हटाएर सुरक्षितस्थलतर्फ लगिएको बताइएको छ।

चिनियाँ समुद्रमा जलिरहेको जहाज विस्फोटको खतरा

पूर्वी चिनियाँ सागरमा दुर्घटनाग्रस्त इन्धन बोकेको जहाजको ट्यांकरबाट दुई दिनदेखि निरन्तर तेल चुहिएपछि जहाज विस्फोट भई वातावरणीय विपद् आउनसक्ने खतरा बढेको छ। संघाई राज्यबाट १६० माइल टाढा पूर्वी सागरमा भएको दुर्घटनास्थलमा कच्चा तेल चुहिरहेको र जहाजको आगो नियन्त्रणमा नआएकाले विस्फोटको खतरा बढेको बताइएको छ।

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, कम्तीमा ४१ को मृत्यु

अफगानिस्तानमा बिहीबार भएको श्रृंखलाबद्ध आत्मघाती बम विस्फोटमा परी कम्तीमा ४१जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्।  अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नशरत रहिमी अनुसार राजधानी काबुल नजिकै रहेको सांस्कृतिक क्षेत्रलाई लक्षित गरी गराइएको विस्फोटपछि पनि लगातार २ विस्फोट भएका थिए । श्रृखंलाबद्ध विस्फोटका कारण घाइतेलाई समयमै उद्दार गर्न नसकिएको रहिमले बताए।

सिरहा मालपोत कार्यालयमा दिउँसै बम विस्फोट

सिरहा बजार स्थित मालोपोत कार्यालयमा शुब्रबार दिउँसो बम विस्फोट भएको छ। कार्यालयको लबीमा राखिएको सोफामा फिट गरिएको बम रिमोटको सहायताले विस्फोट गराउँदा एकजना कर्मचारी र दुईजना सेवाग्राही घाईते भएको सिरहा प्रहरी प्रमूख(एसपी) शेखर कोईरालाले जानकारी दिए। नाम खुल्न नसकेका घाईतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको उनले बताए।

अफगानिस्तानमा कारबम विस्फोट हुँदा आठको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ। यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अज्ञात सङ्ख्यामा अन्य व्यक्ति घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएको छ।

पुरानो सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

धादिङमा पुरानो ग्यास सिलिण्डर ग्यास प्रयोग गर्न खोज्दा विस्फोट भइ एक घर जलेर पूर्णरुपमा क्षति भएको छ।  गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर घरभित्र पु¥याएपछि विस्फोट भएपछि घर जलेर ध्वस्त भएको वडासदस्य विन्दा अधिकारीले बताइन्।

लहान प्रहरी कार्यालय नजिक बम विस्फोट

लहानको सहिद चोकमा केहीबेर अघि प्रेसरकुकर बम विस्फोट भएको छ। विस्फोटपछि लहान बजारको जनजीवन आतंकित बनेको छ। विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ

न्युयोर्क सहरमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।  ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सो विस्फोटमा संलग्न भएको भरपर्दो प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी मङ्गलबार दिइएको समाचारमा जनाइएको छ।

डलेल्धुरामा मतपेटिका बोकेको गाडी लक्षित गरी बम विस्फोट

डडेल्धुराको भित्रीमधेश क्षेत्रबाट मतपेटिका बोकी सदरमुकाम ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ।  आज बिहान जिल्लाको भित्रीमधेश क्षेत्रको परर्शुराम नगरपालिका १२ को कैनपानीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिन्धुलीमा मतपेटिका बोकेको गाडीमा बम विस्फोट

हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ।  आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो।

बम विस्फोटका घाइतेलाई गगन थापाले भने, ‘गेट वेल सुन!’ (भिडियो)

नेपाली काँग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापाले बम विस्फोटका घाइतेको अवस्थाबारे जानकारी लिएका छन्। बुधबार साँझ त्रिवि शिक्षण अस्पताल पुगेर त्यहाँ उपचाररत घाइतेहरुको अवस्थाबारे उनले जानकारी लिएका हुन्। सोमबार बुढानिलकण्ठ–२ चपलीको माटो कोलनीमा चुनाबी घरदैलोका क्रममा भएको विस्फोटमा परी १२ जना घाइते भएका थिए। गम्भीर घाइते भएका राजकाजी श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ एवं जयराम लामिछाने त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। नेता थापाले उनीहरुसँग भेटघाट गरी स्वास्थ्य अवस्था बुझेका हुन्।

रोकिएन विस्फोटको श्रृङ्खला

दोस्रो चरणको निर्वाचनका लागि दुई दिनमात्रै बाँकी रहँदा विस्फोटका घटना रोकिएका छैनन्। मौनअवधि सुरु भएको दोस्रो दिन बिहानै काठमाडौं क्षेत्र नम्बर–१० कीर्तिपुरको जनसेवा मतदानकेन्द्र नजिकै फेला परेको बम नेपाली सेनोको डिस्पोजल टोलीले निस्क्रिय पार्‍यो। काठमाडौंकै मैपीस्थित विष्णुमतीको बगरमा पनि वम भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्