७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ।

काठेखोला गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गर्दै

बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ।

जलाधार व्यवस्थापन अधिकृत घुस रकमसहित पक्राउ

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल घुस रकमसहित पक्राउ परेका छन्।

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन्।

नेपालमा जेसीबीका निर्माण उपकरण

निर्माण उपकरण उत्पादनमा अग्रणी ब्रान्ड जेसीबीले वितरक एमएडब्लु अर्थमुभर्सद्वारा नेपालमा आफ्नो उपस्थिति अझै बलियो बनाउने भएको छ।

जनता आवास कार्यक्रमः तनहुँमा त्रियासी घर निर्माण

जनता आवास कार्यक्रमअन्तर्गत तनहुँमा दुई सय ८६ मध्ये ८३ वटा घर निर्माण सम्पन्न भएका छन्।

रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया सुरू

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ।

८ करोड पेश्की लिएर ठेकेदार सम्पर्कबिहीन, पूरा हुन सकेन रारा पदमार्ग

नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको हो।

हाम्रो एक मात्र उद्देश्य उन्नत राष्ट्र निर्माणः सांसद् महतो

छिटोछिटो सरकार परिवर्तन हुने भएपछि धेरै काममा बाधा उत्पन्न हुन्छ।

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ।

इलाम-२: २५ वर्षे प्रगतिको पुलिन्दा बोकेर भोट माग्दै एमाले

पार्टीको तर्फबाट साढे दुई दशक प्रतिनिधित्व गरेका सुवासचन्द्र नेम्बाङले गरेका संविधान निर्माणको नेतृत्वदेखि इलामको भौतिक विकासका दर्जनौं कामको पुलिन्दा बोकेर एमाले चुनावी अभियानमा लागेको छ।

भारतीय निर्माण कम्पनीका सडक परियोजनामा सधैं आलटाल

भारतीय निर्माण कम्पनीले जिम्मा लिएका निर्माणाधीन सडक आयोजनाहरू पनि समस्यामा परेका छन्।

पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

तनहुँको व्यास नगरपालिका– ११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाखको लागतमा पुनर्निर्माण भएको छ।

नगर प्रमुखकै जिम्माको विकास अलपत्र

मधुवनका नगर प्रमुख तेजबहादुर भाट सेयर सदस्य रहेको प्रेम निर्माण सेवाले जिम्मा पाएको विकास निर्माणका काम अलपत्र परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्