२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै, आजै सानो मन्त्रिपरिषद् बनाउने

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्रीको सपथसँगै सानो मन्त्रिपरिषद् मंगलबार नै बन्ने छ। देउवाले त्यसका लागि शीर्ष नेताहरू बसेर टुंगो लगाउँदै छन्।

सर्वोच्चको फैसलापछि देउवाले भनेः सरकार गठनका विषयमा छलफल चल्दैछ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले निष्पक्ष फैसला गरेको प्रतिक्रिया दिएका छन्।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेशमा के छ ? (पूर्णपाठ)

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।

सांसदहरूलाई ह्वीप उल्लंघनको कारबाही गर्न मिल्दैन: सर्वोच्च

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भएपछि उनलाई समर्थन गर्न सांसदहरूलाई पार्टीको ह्वीप नलाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ। सर्वोच्चले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको हो।

कांग्रेसमा सभापतिका आकांक्षी बढ्दै: साँच्चिकै कि प्रचारको लालसा ?

पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा आफूले उम्मेदवारी दिने बताउँदै भने, ‘शेरबहादुरजी र रामचन्द्रपौडेलपछि कांग्रेसमा सबैभन्दा सिनियर मै हुँ। अब उहाँहरूले मलाई सहयोग गर्नुपर्छ। दोस्रो पुस्ताका नेताहरूले पनि मलाई सहयोग गर्नुपर्छ। उहाँहरूको उमेर पनि छ। अर्को पटकका लागि तयारी गर्दा हुन्छ।’

गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको होः निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन्।

बी.पी. कोइराला अध्ययन तथा अनुसन्धान केन्द्र शिलान्यास

बी.पी. कोइराला स्मृति ट्रष्टका महासचिव रामचन्द्र पोखरेलका अनुसार सो भवन करिब नौ करोडको बजेटमा सम्पन्न हुनेछ।

प्रधानमन्त्री ओलीलाई काँग्रेस सभापति देउवाको चेतावनी : धम्काउन र तर्साउन बन्द गर्नूस्

उनले ओलीको धम्कीबाट कोही पनि नडराउने बताउँदै भने, ‘ओलीजीले धम्काउने तर्साउने काम गर्नुभएको छ। को छ यहाँ डराउने?’

मेराे नेतृत्वको सरकार बनेपछि पहिलो निर्णय खोप: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन्। सोमाबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने भन्ने नै गर्ने बताए।

राष्ट्रपतिको स्वेच्छाचारीता र प्रधानमन्त्रीको अहंकारले देश संकटमा : देउवा

धानमन्त्री अ‍ोलीले राष्ट्रिय हितमा आँच पुग्ने किसिमका कार्यहरु गरी लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटतर्फ धकेल्ने कार्य भएको जनाउँदै त्यसविरुद्ध संघर्ष जारी राखेको बताएका छन्।

टिम समेट्न देउवालाई दबाब

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

उनले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्।

महाधिवेशन निर्णय लिन कांग्रेसले बोलायो बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेस सभापतिले भने– ‘आगामी भदौमा पार्टीको महाधिवेशन हुन्छ’

म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु-२०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु।’ बुधबार प्रकाशित विज्ञप्तिमा उनले भनेका छन्।

पानीमा डुबेर एक जनाको मृत्यु

पक्की पुलको नजिकै जम्मा भएको पानीमा डुब्दा रामपतका कुल बहादुर कुमालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्