१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

मतदानका लागि स्वदेश फर्कने बढे, गाउँ जानेकाे लर्को (तस्बिरहरू)

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ।

इरानमा आक्रमणमा मारिएका बालबालिकासहित १६५ जनाको सामूहिक अन्त्येष्टि गरिने

आक्रमणमा परेर ज्यान गुमाएका स्कुले बालबालिकासहित १६५ जनाको उत्तरी शहर मिनावमा सामूहिक अन्त्येष्टि गर्न लागिएको हो। इरानको सरकारी टेलिभिजनले अन्त्येष्टि कार्यक्रममा हजारौं मानिसहरू पुगेका देखाएको छ।

कालीकोटका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कालीकाेटका सबै मतदान केन्द्रसम्म आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्‍याइएको छ।

इरानमा ४.३ म्याग्निच्युडको भूकम्प गयो

अल जजीराका अनुसार यो अन्तरिम परिषदमा अयातोल्लाह अलिरेजा अराफी नियुक्त भएका छन्। परिषद्का अन्य दुई सदस्यहरू राष्ट्रपति मसुद पेजेश्कियान र सर्वोच्च अदालतका मुख्य न्यायाधीश घोलाम-हुसेन मोहसेनी-इजेई हुन्।

कतार एयरवेजका उडानहरू अनिश्चितकालका लागि रद्द

कतार एयरवेजले देशको हवाई क्षेत्र बन्द भएका कारण उडान सञ्चालन अस्थायी रूपमा निलम्बित रहेको बताएको छ।

कपिलवस्तुमा भारतसँग जोडिएका सबै सीमा नाका बन्द

बिहीबार हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरिएको छ।

ताप्लेजुङका सीमा नाका बन्द

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फागुन २१ गतेको मतदान कार्य पूरा नभइञ्जेलसम्मका लागि पूर्वतर्फ भारत–सिक्किम तथा उत्तरतर्फ चीन–तिब्बतसँगको सीमा नाका बन्द गरेको छ।

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ। पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो।

कुवेतको अमेरिकी दूतावास अनिश्चितकालका लागि बन्द

अमेरिकी दूतावासले मध्यपूर्वमा चलिरहेको तनावलाई उल्लेख गर्दै अर्को सूचना नभएसम्म सबै काम रोक्ने घोषणा गरेको छ।

दार्शनिकदेखि अमेरिकालाई ‘पाठ’ सिकाउने वाचा गर्ने इरानका शक्तिशाली सुरक्षा प्रमुख : अली लारीजानी को हुन्?

उनले सरकारी टेलिभिजन र सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भनेका छन्, ‘अमेरिका र इजरायलले इरानको मुटुमा आगो लगाएका छन्, अब हामी उनीहरूको मुटु जलाउनेछौँ। सियोनी अपराधी र निर्लज्ज अमेरिकीहरूलाई उनीहरूको कार्यमा पछुतो हुनेछ।’

बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन

अमेरिकाले बहराइन, जोर्डन र इराकमा सुरक्षा सेवामा रहेका कर्मचारीबाहेक अन्य गैर–आकस्मिक सेवामा कार्यरत अमेरिकी नागरिकलाई जतिसक्दो छिटो बाहिरिन सूचना जारी गरेको।

अफगानिस्तानले भारतमा दुई फर्म्याटकाे शृंखला खेल्ने

अफगानिस्तानले आगामी जुनमा भारत भ्रमण गर्दै उसको घरेलु मैदानमा एक टेस्ट र तीना एकदिवसीय शृंखला खेल्ने भएको छ ।

विभिन्न जिल्लाका दुर्घटनामा १५ जनाले ज्यान गुमाए

देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्