जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फागुन २१ गतेको मतदान कार्य पूरा नभइञ्जेलसम्मका लागि पूर्वतर्फ भारत–सिक्किम तथा उत्तरतर्फ चीन–तिब्बतसँगको सीमा नाका बन्द गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवरा सेढाइँले गए मध्यरातिदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि सीमा नाका बन्द गरिएको जानकारी दिए। भारत र चीनलाई छुने नेपालका दुई जिल्लामा ताप्लेजुङ र दार्चुला पर्छन्।
प्रमुख जिल्ला अधिकारी सेढाइँले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०८२ को दफा छ (झ), गृह मन्त्रालयमार्फत प्राप्त निर्वाचन आयोगको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा सीमा नाका बन्द गरिएको जनाएका छन्।
प्रकाशित: १९ फाल्गुन २०८२ १३:२० मंगलबार





-600x400.jpg)