विप्लव समूह सुरक्षा चुनौती ः गृहमन्त्री
उनले शान्ति सुरक्षाको अवस्था सुधार गर्न सफल भएको तर सन्तुष्ट भने हुन नसकेको बताए। ‘संघीयता, स्थायित्व र पूर्ण शान्तिका लागि विप्लव समूह अहिलेको चुनौती हो
उनले शान्ति सुरक्षाको अवस्था सुधार गर्न सफल भएको तर सन्तुष्ट भने हुन नसकेको बताए। ‘संघीयता, स्थायित्व र पूर्ण शान्तिका लागि विप्लव समूह अहिलेको चुनौती हो
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालमा पनि रोजगारीको अवसर सृजना हुनेगरी लगानी गर्न दक्षिण कोरियाको निजी क्षेत्रलाई आग्रह गरेका छन्। मन्त्री विष्टले दक्षिण कोरियाले नेपाली कामदारलाई गुणस्तरीय रोजगारीको अवसर दिएको उल्लेख गर्दै अव नेपालमै रोजगारीको अवसर सृजना हुने गरी लगानी गर्न आग्रह गरेका हुन्।
पश्चिम भागमा पर्ने फराह प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकूबीच भएको एक झडपमा चार प्रहरी र १२ लडाकू मारिएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार झडप भएको पुष्टि गरेका छन्।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना नेपाली कांग्रेसको सरकारले ल्याएको हो। यसलाई फेरि वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले तामझामका साथ भड्किलो प्रचारप्रसार गर्दै नयाँ युगको सुरुवात भन्दै आफ्नो पोस्टर काठमाडौँका पोलपोलमा टाँस्न लगाएर २०७५ मंसिर ११ गते लागू भएको घोषण गर्नुभयो, तर यसको कार्यान्वयन भने यही साउन १ गतेदेखि भएको छ। तर उक्त कार्यक्रममा १ प्रतिशत पनि रोजगारदाता सामेल हुन सकेका छैनन्। सरकारको पटकपटकको निर्देशन हुँदा पनि रोजगारदाता कार्यक्रमप्रति इच्छुक देखिन्नन्।
औपचारिक रूपमा दर्ता भएका उद्योेग, प्रतिष्ठानको तुलनामा निकै थोरै मात्र सूचीकरण भएपछि कोष सूचीकरणको म्याद थप्न बाध्य भएको हो
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले कानुनले तोकेभन्दा बढी सुरक्षाकर्मी राखेको पाइएको छ। तर सभामुख कृष्णबहादुर महराका लागि भने राष्ट्रियसभाका अध्यक्षले भन्दा पनि बढी सुरक्षाकर्मी खटाइएको छ। सभामुख महराले २८ जना सुरक्षाकर्मी पाएका छन् तर उही हैसियतमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका लागि भने २१ जना सुरक्षाकर्मी खटिएका छन्। दुवैले कानुनभन्दा बढी सुरक्षाकर्मी लिए पनि सभामुखले भने अझै बढी सुरक्षाकर्मी पाएका छन्। दुवै पदाधिकारीको अगुवा पछुवा र क्वाटरमा सो संख्यामा सुुरक्षाकर्मी खटिएका छन्।
जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्। नेपाल प्रहरीतर्फ प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय जस्ता इकाई एवं सशस्त्र प्रहरीतर्पm बोर्डर आउट पोष्ट सम्पर्कविहीन भएका हुन्।
अविरल परेको वर्षाका कारण सुरक्षा निकायका कार्यालय, ब्यारेकहरू पनि डुबानमा परेका छन् । सुरक्षाकर्मीहरु त्यहाँबाट निस्कन नसक्ने अवस्थामा पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका विभिन्न भागमा वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण र उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार ट्विट गर्दै सम्भावित जोखिमबाट जनतालाई जोगाउन पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सरकारका विभिन्न मन्त्रालय र निकाय सक्रिय रहेको जानकारी गराउँदै क्षति न्यूनीकरण गर्न सुरक्षाकर्मी खटिएको जानकारी गराएका हुन्।
सुरक्षा फौजको कारबाहीमा परी अफगानिस्तानमा थप २० भन्दा बढी लडाकु मारिएका छन्। देशको उत्तरी कुन्दुज प्रान्तमा हवाई आक्रमण र स्थलमार्गमार्फत भएको आक्रमणमा परी ती तालिबान लडाकु मारिएका हुन्। सेनाका एक जना प्रवक्ता गुलाम हर्जात कारिमीले बुधबार दिएको जानकारीअनुसार मंगलबार राति अबेर आक्रमण भएको हो।
गृहमन्त्री रामबहादुर थापाले राज्य पुनःसंरचनाको अवस्थामा सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनसक्ने सम्भावना रहेकाले प्रहरी संयन्त्रले सूक्ष्म विश्लेषण गरी योजनाबद्ध रूपमा कारवाही गर्नुपर्ने बताए।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्ध विराम गर्न आग्रह गरेको छ। तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अहिले सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने काम भइरहेको र आगामी साउनबाट सो कोष संकलनको काम पनि सुरु गर्ने जानकारी दिए।
राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्र आजबाट संचालनमा आएको छ।
विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ। तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ।