१० मंसिर २०८१ सोमबार
image/svg+xml

अफगान शान्ति वार्ताबारेको छलफल ‘सकारात्मक’

उक्त अवसरमा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र तालिवानी समूहसँग वार्ता गर्न जिम्मेवारी पाएका जाल्मे खालिलजादको पनि उपस्थिति थियो। डेपुटी प्रेस सेक्रेटरी होगान गिड्लीद्वारा ह्वाइट हाउसमा जारी विज्ञप्तिमा भनिएको छ, ‘अफगान सरकार र तालिबान समूहसँग शान्ति तथा मेलमिलापका लागि भइरहेको हाम्रो वार्ताबारे केन्द्रित रहेको थियो भने कुराकानी सार्थक बनेको छ। ’

प्रदेशको शान्ति सुरक्षामा प्रजिअकै भूमिका बढी

प्रदेशको शान्ति सुरक्षा कायम गर्नका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ) कै महŒवपूर्ण भूमिका राखेर विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। प्रतिनिधिसभाको बैठकले हालै पारित गरेको नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले शान्ति सुव्यवस्था, अपराधको रोकथाम र नियन्त्रणको सन्दर्भमा सिडिओले प्रदेश प्रहरीलाई आदेश दिने व्यवस्था गरिएको छ।

श्रम मन्त्रालयले भन्याे- श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नू

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको न्यूनतम् पारिश्रमिक दिन सम्पूर्ण प्रतिष्ठानलाई सचेत गराएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य सेवा सुविधा इमान्दारिताका साथ उपलब्ध गराउन आग्रह गरेको हो।

कारबाहीमा ६० तालिबान लडाकू मारिए

अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले  करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन्।

कडा सुरक्षा घेराभित्र कश्मीरका जनताले ईद मनाए

भारतको केन्दीय सरकारले गत साता संविधानको धारा ३७० खारेज गरेर कश्मीरलाई दिइँदै आएको विशेषाधिकार खोसेपछि सो क्षेत्रमा अहिले पनि व्यापक सुरक्षा अधिकारी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइ राखिएको छ।

सीमा नाकामा सुरक्षा पोस्ट राखिएपछि विवाद

विगतमा सरकारलाई कर छली गर्ने उद्देश्यले प्रायः व्यापारीले अवैध रूपमा लाखौं मूल्यबराबरको यार्सागुम्बा तिब्बततर्फ लाने गरेकोमा यस वर्षदेखि निकुञ्ज क्षेत्रमा सुरक्षा पोस्ट खडा गरिएपछि व्यापारीहरूले असन्तुष्टि व्यक्त गरेको निकुञ्ज कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गोपाल खनालले बताए।

सीमामा सुरक्षा पोष्ट राखेपछि विवाद

तिब्बतको उत्तरी सीमा नाकासँग जोडिएका साल्दाङ र धोलगायतका तीन स्थानमा निकुञ्जले सुरक्षा पोष्ट राखेपछि विवाद चुलिएको छ। उपल्लो डोल्पामा पर्ने तिन्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतमा चोर बाटोबाट व्यापारीले यार्सा निर्यात गर्न थालेपछि निकुञ्जले उक्त क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गरेको हो।

इलाका प्रहरी कार्यालय नै असुरक्षित, हुरीबतास चल्नेबित्तिकै सुरक्षाकर्मी भवन छाडेर भाग्छन्

जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौलस्थित इलाका प्रहरी कार्यालय हरकठवाका सुरक्षाकर्मी अलि ठूलो हुरीबतास चल्न थालेसँगै कार्यालयबाट भाग्ने गरेका छन्। दुईतले पक्की भवन भए पनि अत्यन्त जीर्ण र कमजोर भएको र हुरीबतास चल्दा घर हल्लिने गरेकाले उनीहरू भाग्ने गरेका हुन्।

तयार रहन सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन

विप्लव समूहका गतिविधिलाई लक्षित गर्दै सशस्त्र प्रहरी महानिरीक्षकले सुरक्षा चुनौती सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।

कश्मिरमा सुरक्षा व्यवस्था कडा, पूर्व मुख्यमन्त्रीहरू घरमै नजरबन्द

भारतको उत्तरी राज्य कश्मिरमा सुरक्षाको लागि तत्काल फोन र इन्टरनेट बन्द गरिदिएको छ । राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गर्दै सोही राज्यका दुई पूर्व मुख्यमन्त्रीसहित तीनजनालाई घरमै नजरबन्दमा राखेको छ।

अमेरिकामा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु, एक जना पक्राउ

अमेरिका अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बन्दुकधारीले टेक्सासको एल पासो शहरमा अन्धाधुन्ध गोली चलाएको हो। हाल उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको टेक्सासका गभर्नर ग्रेग एबोटले अमेरिकी सञ्चारमाध्यमलाई बताएका छन् ।

एसिया सुरक्षामा चीनको चिन्ता

एसिया प्यासिफिक क्षेत्रमा अमेरिकाले सैनिक गठबन्धन विस्तार गरेको, हस्तक्षेप बढाएको र अमेरिकाले हतियार आपूर्तिसहित सैनिक क्याम्पहरूमा लगानी वृद्धि गरेकाले आफ्नो सुरक्षामा असर गरेको चीनको ठम्याइ छ।

सुरक्षाका लागि रंगशालामा सिसी क्यामेरा

पोखरामा १३औं सागका केही खेल सञ्चालन गर्ने निर्णय गरिएपछि रंगशालाभित्र खेलाइने र बाहिर खेलाइने खेलका लागि पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ। पोखरा रंगशालाभित्र निर्माणाधीन फुटबल मैदानमा महिला फुटबल, आर्चरी मैदानमा महिला तथा पुरुष आर्चरी प्रतियोगिता सञ्चालन गरिनेछ। ती खेल सञ्चालनार्थ विशिष्ट व्यक्ति र खेलाडी स्कर्टिङको सवारी पार्किङमा चुनौती छ।

सडक सुरक्षा र लागू औषध नियन्त्रणमा प्रहरीको अभियान, आइजिपीले भनेः साथ दिनुस्

प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन्।

मापदण्डविपरीत खटाइएका पूर्वमन्त्रीका सुरक्षाकर्मी फिर्ता हुँदै

सरकारले पूर्वगृहमन्त्री तथा पूर्वमन्त्रीहरूको निजी सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फर्काउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्