२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्यहरू सबै निर्विरोध निर्वाचित भएका छन्। संसदीय दल कार्यसमिति चयनका लागि मंगलबारका लागि र्निधारण गरीएको मनोनयन दर्तामा सबै पदमा एक÷एक मात्र उम्मेदवारी परेपछि उनीहरू सबै निर्विरोध भएका हुन्।

संसदीय दलका कार्यालय नहुँदा रूखमुनि उभिन्छन् सासंद

प्रदेशसभा बैठक एकैदिन दोस्रोपटक बस्ने गरी स्थगित हुदाँ सासंदहरूलाई त्यो अवधिमा काहाँ गएर बस्ने भन्ने समस्या हुने गरेको छ। बैठक सुरु हुनुअघि पुगेका सासंदहरू पनि बस्ने ठाउँ नपाएर प्रदेशसभा भवन अगाडि जिल्ला समन्वय समितीको रुखमुनीको चउरमा उभिरहेका हुन्छन।

संसद् र सांसदको भूमिका

नेपालको संविधान जारी भएपश्चात् गठित संसद्का सांसदहरूले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने समयमा विगतमा भएजस्तो निर्वाचन क्षेत्र केन्द्रित बजेटले निरन्तरता पाउनुपर्ने सवाललाई उठाइरहेको अवस्था छ । मूलतः निर्वाचन क्षेत्र केन्द्रित बजेट पाउनुपर्नेमा सांसदहरूबीच लगभग एक मत रहेको भन्ने समाचारहरू पत्रपत्रिकाहरूमा आएको देखिन्छ। अर्काेतिर, सांसदलाई निर्वाचन क्षेत्र केन्द्रित बजेट दिइनु हुँदैन, विकास निर्माणको काम सांसदको होइन, कार्यपालिकाको हो भन्ने विचार पनि प्रबल रूपमा उठिरहेको देखिन्छ।

माेदी भ्रमणबारे संसदमा बाेल्दै प्रधानमन्त्री अाेली (लाइभ)

प्रतिनिधिसभा बैठक बसिरहेकाे छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा अाेलीले सम्बाेधन गरिरहेका छन् ।

प्रदेश १ संसदमा नाम र राजधानीको विषयले प्रवेशै पाएन

११ वटा विधेयक पारित गर्दै र सातवटा विषयगत समिति गठन गर्दै प्रदेश १ को पहिलो संसद् अधिवेशन बुधबार सकिएको छ ।

संसद भवनमा ईश्वरको खोजी

प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधवार सरकारले पेश गरेका तीनवटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका नेमकिपाका सांसद सुवालले संसद्मा ईश्वरको खोजी गरेका हुन।

नेपाल –अमेरिका संसदीय मैत्री संघ गठन गर्न प्रस्ताव

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ।

उर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसंग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ। नेपालको संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन्।

अझै तोकिएन कांग्रेस संसदीय दलका नेता

प्रदेशसभा ७ मा प्रदेशसभाको हिउँदे अधिवेशन समाप्त भइसक्दा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। हिउँदे अधिवेशन २१ पटकको बैठकपछि बिहीबार सकिएको हो। प्रतिपक्षी दलको नेता चयन हुन नसकेकाले पहिलो अधिवेशन समाप्त हुँदासमेत विषयगत ४ समितिका सभापति चयन हुन सकेनन्।

संसद्को दोस्रो अधिवेशन सुरु, चार अध्यादेश प्रस्तुत

प्रतिनिधिसभा बैठकमा विभिन्न चार अध्यादेश प्रस्तुत गरिएको छ। संघीय संसदको आजदेखि सुरु भएको दोस्रो अधिवेशनको बैठकमा गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ प्रस्तुत गरे।

संघीय संसदको दोश्रो अधिवेशन आजबाट

संघीय संसदको दाेश्रो अधिवेशन आज( आइतबार)बाट सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्।

संघीय संसदको दोस्रो अधिवेशन आइतबारदेखि सुरू

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो।

संसद अधिवेशन वैशाख २३ गते ४ बजेका लागि आह्वान

संघीय संसदको अधिवेशन वैशाख २३ गते ४ बजेको लागि आहृवान गरिएको छ। राष्ट्रपति कार्यालयद्वारा आइतबार संसद सचिवालयमा अधिवेशन आह्वानको पत्र पठाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक २३ गते ४ बजे बस्ने छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्