५ आश्विन २०८१ शनिबार
image/svg+xml

चुनाव घोषणा विधेयक पारित

व्यवस्थापिका–संसद्ले निर्वाचनसँग सम्बन्धित दुई विधेयक अनुमोदन गरेको छ। संसद्को बुधबारको बैठकले  मतदाता नामावली कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र निर्वाचन आयोगको काम कर्तव्य र अधिकार कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७१ अनुमोदन गरेको हो।

एमाले नभए पनि संशोधन पारित हुन्छः उपप्रधानमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताए।

एमाले नभए पनि संशोधन पारित हुन्छः उपप्रधानमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताए।

संविधान संशोधन पारित गर्न पुग्दैन अावश्यक मत

पहाडी भूभागबाट तराईमधेस अलग्याउने उद्देश्यसहित पुष्पकमल दाहाल नेतृत्व सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव असफल हुने देखिएको छ ।

संविधान संशोधन विधेयक परिमार्जन सहित पारित हुन्छ: कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकलाई परिमार्जन सहित पारित गर्नुपर्ने बताएका छन्। खोटाङको दिक्तेल नगरपालिका–१० मेवाखोला दोभानमा शुक्रबार १ मेगावाट क्षमताको मेवाखोला हाईड्रोपावर उद्‍घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले संशोधन विधेयकका कतिपय दफाहरु राष्ट्रिय हित अनूकुल नभएका कारण परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका हुन्।

परिमार्जनसहित संविधान संशाेधन विधेयक पारित गराउने सत्ता साझेदार दलकाे निर्णय

रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेकाे सरकारमा संलग्न प्रमुख दलसहित मधेशी मोर्चाको बैठकमा व्यबस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सकारात्मक भूमिका निर्वाह गर्ने सहमति भएकाे छ।

परिमार्जनसहित संशोधन विधेयक पारित गर्न गठवन्धनको आग्रह

मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले परिमार्जन सहित संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ। संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत दुई तिहाई पुर्याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न गठबन्धनले सरकारलाई पनि आग्रह गरेको हो।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ ।

संशोधन प्रस्ताव पारित हुन्छ : मन्त्री नायक

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव टेबुल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन्। सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले भने, 'मुलुक राजनीतिक समस्याबाट गुजि्ररहेको थियो, हिजो संविधान संशोधन विद्येयक संसदमा टेबुल भएपछि त्यसको अन्त्य भएको छ, यो विद्येयक टेबुल गर्दा प्रतिपक्षी दलको पनि सहयाग रहेको छ।'

संशाेधन प्रस्ताव दुई तिहाइले बहुमतले पारित हुने कानुन मन्त्रीकाे दाबी

कानुन मन्त्री अजयशंकर नायकले संशोधन प्रस्ताव टेबुल भएसँगै मुलुकको राजनीतिक गतिरोध अन्त्य भएको दाबी गरेका छन्। उनले भने, ‘मुलुक राजनीतिक समस्याबाट गुज्रिरहेको थियो, हिजो संविधान संशोधन विधेयक संसदमा टेबुल भएपछि त्यसको अन्त्य भएको छ, यो विद्येयक टेबुल गर्दा प्रतिपक्षी दलको पनि सहयाग रहेको छ।’

संशोधन पारित हुन नदिने उद्‍घोष

प्रमुख प्रतिपक्षी एमालेसहित नौ राजनीतिक दलले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताएका छन्। राजधानीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दैे एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतका  नेताले संशोधन प्रस्ताव देशको हितअनुकूल नभएको दाबी गर्दै कसैगरी पनि पारित हुन नदिने घोषणा गरेका हुन्।

संसदबाट राष्ट्रहित विपरीतको प्रस्ताव पारित हुन दिन्नौ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट राष्ट्रहित विपरिका प्रस्ताव पारित हुन नदिने बताएका छन्। एमाले नेतृत्वमा नौ दलद्वारा राजधानीमा आयोजिक सभालाई सम्वोधनलाई ओलीले संसदमा एमाले हुन्जेल राष्ट्रहित विपरितका काम नहुने बताए।

मोर्चाले हाल्ने संशोधनसहित संशोधन प्रस्ताव पारित हुन्छः ठाकुर

मधेसी मोर्चाका शीर्ष नेता एवम् तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबल गरेपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्ताव पारित हुने बताएका छन्।संशोधन विधेयक टेबल गराएपछि मोर्चाले त्यसमा संशोधन हाल्ने र उक्त प्रस्तावलाई काँग्रेस, माओवादी केन्द्रले समर्थन गरे प्रस्ताव दुई तिहाईले पारित हुने उनले बताए।

संविधान संशोधन प्रस्ताव पारित हुँदैन: अध्यक्ष ओली

कपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले संविधान संशोधनको प्रस्ताव पारित हुन नदिने घोषणा गरेका छन्। नेकपा एमाले बाग्लुङको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्न शनिबार बाग्लुङ आईपुगेका ओलीले संविधान संशोधन नेपाली चाहाना नै नभएकाले पारित हुन नदिने बताएका हुन्।

संशोधन प्रस्ताव परिमार्जन गरेर पारित हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दहालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जन हुने बताएका छन्। संसदमा दर्ता संशोधन प्रस्ताव संसदीय प्रक्रियाअनुसार परिमार्जन भएर पारित हुने उनको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्