५ आश्विन २०८१ शनिबार
image/svg+xml

स‌ंशाेधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने

रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित नभएपनि प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्।

संविधान संशाेधन पारित हुँदैन : भण्डारी

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने दाबी गरेका छन्। उनले संविधान संशोधन प्रस्ताव दर्ता भएलगत्तै ५ नम्बर प्रदेशका जनताहरु आन्दोलनमा उत्रिएको बताउँदै भने, ‘५ नम्बर प्रदेशका जनताहरुमा छुट्टिएर बस्नुपर्छ भन्ने भावना छैन, अहिले त्यहाँका जनताहरु आमहड्तालमा उत्रिएका छन्।’

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदद्वारा पारित, ४ र ५ नम्वर प्रदेशको नयाँ सीमाङकन

मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेको छ। मंगलबार साँझ बसेको बैठकले पारित गरेको ७ बुँदे प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ।

देउवाले भने-संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ, पारित पनि हुन्छ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संसोधन प्रस्ताव पारित पनि हुने दाबी गरेका छन्। वीरगन्जमा आइतबार बिहान नेपाल प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधामन्त्रीसमेत रहेका देउवाले संविधान संशोधनमा प्रमुख प्रतिपक्ष एमालेले पनि साथ दिने विश्वास लिएको बताए।

बाफिया अर्थ समितिबाट पारित

संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) पारित गरेको छ । समितिले संवैधानिक पदमा रहेका व्यक्ति सञ्चालक हुन नपाउने व्यवस्थासहितका विवादित ९ बुँदा सच्याएर सर्वसम्मत रुपमा पास गरेको हो।

सांसद् तलब सुविधा वृद्धि विधेयक पारित

सर्वसाधारण जनता महँगीले आक्रान्त भइरहेका बेला सांसदले आफ्नो पारिश्रमिक र विविध सुविधा बढाउने विधेयक फास्ट ट्र्याकमा संशोधनसहित पारित गरेका छन्। पारित विधेयकमा सांसदलाई तलब, भत्ता र विविध सुविधासहित मासिक एक लाख रुपैयाँभन्दा बढी प्रदान गर्न प्रस्ताव गरिएको छ।

महाअभियोग पारित गर्न सांसदलाई एसएमएस

गत बुधबार व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की बिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको सांसदहरूकाे सर्मथन जुटाउन पाल्पामा दवाव अभियान थालिएको छ। जिल्लाका नागरिक तहका संघ संस्थाले विज्ञप्ति, एसएमएस र हस्ताक्षर अभियानमार्फत प्रस्तावको स्वागत गर्दै सांसदहरूलाई खबरदारी गरेका छन्।

महाअभियोग प्रस्ताव जसरी पनि पारित हुन्छः ओली

एमाले अध्यक्ष केपी ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव जसरी पनि पारित हुने बताएका छन्। शनिबार ११ विद्यार्थी संगठनसँगको भेटमा अध्यक्ष ओलीले सार्वभौम सम्पन्न संसदले गर्ने निर्णयबाट कार्की विरुद्धको महाअभियोग प्रस्ताव पारित हुने बताएको भेटमा सहभागी अनेराश्ववियूका सचिव आरसी लामिछानेले बताए।

महाअभियोग प्रस्ताव पारित भएरै छोड्छ– योगेश भट्टराई

सिन्धुपाल्चोक- एमाले युवा नेता योगेश भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिँह कार्कीसँग राजिनामा दिएर बाहिरिने बाहेक कुनै बिकल्प नरहेको बताएका छन्। अन्यथा संसदले दुई तिहाइ बहुमतबाट महाअभियोग प्रस्ताव पारित गर्दै कार्कीलाई बिदाइ गर्ने दाबीसमेत उनले गरे।

कांग्रेस-माओवादीले 'काम नलाग्ने' भनेर अस्वीकृत गरेका तीन विधेयक शब्द नफेरि पारित

व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ। ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ रहेका छन्।

उच्च अदालत गठन विधेयक पारित

उच्च अदालत गठनसम्बन्धी संसद्मा विचाराधीन विधेयक आइतबार पारित भएको छ। व्यवस्थापिका संसद् बैठकले न्याय सेवा आयोग, न्याय प्रशासन र न्याय परिषद्सम्बन्धी संशोधित विधेयक पारित गरेसँगै हाल कायम रहेका १६ पुनरावेदन अदालत खारेज गरी सातवटा उच्च अदालत गठनको वैधानिक बाटो खुलेको छ।

ब्राजिलको संसदद्वारा राष्ट्रपति रुसोफ विरुद्धको महाअभियोग बहुमतले पारित

ब्राजिलको संसदले राष्ट्रपति दिल्मा रुसोफलाई पदबाट हटाएको छ। रुसोफ विरुद्ध परेको महाअभियोग संसद्को माथिल्लो सदन सिनेटले दुई तिहाई बहुमतले पारित गरेको हो।

बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्छाैंः र्अर्थमन्त्री महरा

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन्।

विशेष अार्थिक क्षेत्र (सेज) विधेयक पारित

व्यवस्थापिका–संसद्ले विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ। विधेयक पारित गर्नुअघि वैठकमा उठेका प्रश्नको जवाफ दिदै उद्योग मन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक क्षेत्रको विकास र निर्यात व्यापार बढाउन उक्त विधेयक ल्याईएको बताए।

पूर्व सभासद् लिम्बूको निधनप्रति संसदमा शोकप्रस्ताव पारित

काठमाडौं– व्यवस्थापिका–संसद्को साेमबारको बैठकले पूर्व सभासद् एवम् पूर्व अर्थराज्यमन्त्री हरिराज लिम्बूको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख ओनसरी घर्तीले पढेर सुनाएकी पूर्व सभासद् लिम्बूको निधनप्रतिको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्